पोखरा । सहकारी ठगी अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले आज दोस्रोपटक म्याद थपको लागि जिल्ला अदालत कास्की लैजाँदैछ।
यही कात्तिक २ गते काठमाडौँस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्।
यही कात्तिक ४ गते कास्की जिल्ला अदालतले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।
लामिछानेसँगको बयान नसकिएकोले आज दोस्रोपटक म्याद माग्ने तयारी भएको कास्की प्रहरी र सरकारी वकील कार्यालयले जनाएको छ।
पक्राउ परेको दिन गएको शुक्रबारबाटै गणना गर्नेगरी न्यायाधीश नवराज दाहालको इजलासले उनलाई हिरातमा राखेर अनुसन्धान गर्न ६ दिनको समय दिएको थियो। अदालतले दिएको म्याद सकिएकाले आज फेरि म्याद थप गर्न लागिएको प्रहरीले जनाएको छ।
सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा असोज १३ मा पक्राउ परेकी लिला पछाईंलाईसमेत प्रहरीले आज म्याद थपका लागि कास्की अदालत लैजाने तयारी गरेको छ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमै पक्राउ परेका रविका व्यावसायिक साझेदार छविलाल जोशी बन्जाडे पनि कास्की प्रहरीकै हिरासतमा छन्।
रवि पक्राउको विरोधमा रास्वपाका समर्थकहरूले पोखरामा प्रदर्शन जारी राखेका छन्। दिनहुँजसो रविका समर्थक र प्रहरीबीच पाखरामा घम्साघम्सी पर्दै आएको छ।
अहिले पनि पोखराको सडकमा रविका समर्थक र प्रहरीको बाक्लो उपस्थिति छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ कार्तिक २०८१, ०९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेको तस्बिर सार्बजनिक बारे छानबिन समिति गठन
तीन अभियोगसहित रविविरुद्ध आज अदालतमा अभियोजन गर्ने तयारी
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीले माग्यो अनुमति
रवि लामिछानेमाथि मानव अधिकारको उल्लंघन नगर्न नगराउन आदेश
रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
रवि लामिछानेलाई अदालत उपस्थित गराइयो