चीनबाट ल्याएर क्वारेन्टाइनमा राखिएकाहरुलाई घर पठाउने सरकारको तयारी

सफल खबर संवाददाता

सोमबार, १९ फागुन २०७६, १५ : ०२
चीनबाट ल्याएर क्वारेन्टाइनमा राखिएकाहरुलाई घर पठाउने सरकारको तयारी

काठमाडौं । सरकारले कोरोना भाइरस प्रभावित क्षेत्र चीनको वुहानबाट उद्दार गरेको ल्याएको नेपाली विद्यार्थी १६ दिनपछि आज घर पठाउने तयारी गरेको छ । 

भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका उनीहरुलाई सोमबार घर पठाउने तयारी गरिएको हो । उनीहरुको नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गरिएको थियो । रिपोर्टमा कोरोनाको संक्रमण नपाइएपछि घर पठाउने तयारी गरिएको हो ।