दिल्ली । आइतवारदेखि भारतको राजधानी दिल्लीमा भएको हिंसात्मक दङ्गामा मारिनेको सङ्ख्या बढेर ३४ पुगेको छ। मारिने सबैजनामा गोली लागेको पाइएको छ।
अझैपनि कतिपय इलाकामा हिंसक जत्था डुलिरहेको अनि खासगरी दिल्लीको उत्तर-पूर्वी भागमा छिटफुट हिंसा भएका विवरण प्रहरीले दिएको छ।
हजारौँ फौजको गस्ती
हिन्दू र मुस्लिम समुदायबीच थप झडप हुन नदिन हजारौँ दङ्गा प्रहरी तथा अर्धसैनिक फौजले गस्ती गरिरहेका छन्।
आइतवार नागरिकता कानुनका पक्ष र विपक्षमा रहेकाहरूबीच झडप भएपछि त्यसले साम्प्रदायिक दङ्गाको स्वरूप ग्रहण गरेको थियो।
बुधवार हिंसामा निकै कमी आएको भएतापनि राति भने प्रभावित इलाकाहरूमा छिटफुट झडप भएको खबर आएका छन्। सहर अशान्त नै देखिन्छ।
न्यायाधीशको सरुवा
बिहीवार धेरैको ध्यान दिल्ली उच्च अदालतका न्यायाधीश एस मुरलीधरको सरुवातर्फ खिचिएको छ। उनको सरुवाबारे दुई साता अगाडि नै घोषणा गरिएको भएतापनि बीबीसी सम्वाददाताहरू भन्छन् हालसालै दिल्ली हिंसालाई लिएर उनले गरेका तीखा टिप्पणीका कारण उक्त घोषणा कार्यान्वयनलाई तीव्रता दिइएको हुनसक्छ।
न्यायाधीश मुरलीधरले धार्मिक दङ्गाको मुद्दामाथि सुनुवाइ गरिरहेका थिए र उनले बुधवार सरकार र प्रहरी दुवैको चर्को निन्दा गरेका थिए।
बुधवार राति नै उनको तत्काल सरुवाको आदेश पठाइएको थियो। सरकारले उक्त सरुवा राजनीतिक रूपमा उत्प्रेरित नभएको जनाएको छ।
यसबीच बीबीसी न्यूजको दिल्ली सम्वाददाता रजिनी वैद्यनाथनले मृतकको सङ्ख्या बढ्दै गर्दा परिवारका सदस्यहरू शव बुझ्न पर्खिरहेका बताएकी छन्।
पूर्वोत्तर दिल्लीस्थित एक शवगृहमा आफन्तजनको भिड जम्मा भएको छ। उक्त शवगृहमा जम्मा भएका अधिकांश आफन्तजन मुस्लिम समुदायको भएको वैद्यनाथनले बताइन्। - बीबीसी नेपाली
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ फागुन २०७६, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा साँढे जुधाईः सात जनाको मृत्यु, ४०० घाइते
भारतको इन्दौरलाई ‘भिखारी मुक्त’ बनाइँदै, भिक्षा दिनेलाई पनि कारबाही हुने
नेपाल–भारत सैन्य अभ्यास मङ्गलबारदेखि
भारत र मलेसियाका लागि राजदूत नियुक्त
नेपाल–भारतबिच अन्तर्देशीय पर्यटन प्रवर्द्धन
भारत : भिडन्तमा वरिष्ठ नेतासहित ७ माओवादी मारिए