काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै सामुदायिक विद्यालयमा चैतभित्रै अपुग शिक्षक नियुक्त गरिसकिने बताएका छन् ।
काठमाडौंमा शनिबार एक कार्यक्रममा बोल्दै पोखरेलले हाल रिक्त रहेका ३९ हजार शिक्षक एक महिनाभित्रै नियुक्त गर्ने जनाएका हुन् ।उनका अनुसार रिक्त दरबन्दी स्थानीय तहमार्फत् पूर्ति गरिनेछ । शिक्षकहरूलाई आफ्ना छोराछोरी आफूले पढाउने विद्यालयमै पढाउन पोखरेलले आग्रह गरे ।
शिक्षकहरूले आफ्ना बच्चालाई आफूले पढाउने विद्यालयमा नपढाएकामा उनको गुनासो छ । ‘शिक्षकले आफ्ना बालबालिका आफूले पढाउने विद्यालयमा ल्याउने हो भने शिक्षाको गुणस्तर बढ्छ,’ पोखरेलले भने । उनले विद्यालय तहबाट गणित विषय नहटाइएको, बरु कक्षा १० सम्म अनिवार्य गरिएको बताए ।कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ११ फागुन २०७६, ०७ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
सामुदायिक विद्यालयका १७५ वटा सटरमा महानगरले लगायो ताला
विद्यार्थी भर्ना गर्न विद्यालयहरुको घरदैलो