काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आफ्नो ६९ औँ जन्मदिन मनाउँदैछन् । ओलीले यसवर्ष आफ्नो जन्मघर तेह्रथुममा पुगेर जन्मदिन मनाउन लागेका छन् ।
जन्मदिन मनाउनका लागि उनी आइतबार बिहानै आफ्ना बुबा र श्रीमतीसहित तेह्रथुम जानेछन् । तेह्रथुमको आठराईस्थित इवामा ओलीको पुर्ख्र्यौली घर रहेको छ ।
सोही घरमा ओलीको जन्मदिनका लागि भनेर नै विषेश कार्यक्रमको आयोजना गरीएको छ । सो कार्यक्रमको चाँजोपाँजो नेकपा तेह्रथुमले मिलाएको बताइएको छ । त्यहाँ उनले विशेष समारोहलाई सम्बोधन गर्नुका साथै आफ्नो बालसखालाई भेट्न समेत कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० फागुन २०७६, २१ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीसँग सुदूरपश्चिमका मुख्यमन्त्री र पूर्वमुख्यमन्त्रीको भेटवार्ता
प्रधानमन्त्रीद्वारा पुल्चोक-गोन्द्राङ-६ लेन सडकको उद्घाटन, देश विकासमा पूर्वाग्रह नराख्न आग्रह
सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता छैन: प्रधानमन्त्री ओली
द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन: प्रधानमन्त्री ओली
संयन्त्र डाकेर छलफल गर्न ओली-देउवा तयार
प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणमा जाने