काठमाडौं । झण्डै एक साताको सम्वादहिनतापछि बिहिबार नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालका बीचमा छलफल भएको थियो । गोकुल बाँस्कोटाको कमिसन काण्डका विषयमा छलफल गरेर बाँस्कोटाको राजीनामाका विषयमा छलफल गरेका दुई अध्यक्ष फेरि अहिले पनि बालुवाटारमा छलफलमा जुट्दैछन् ।
पार्टीका अन्य कार्यक्रम बनाएका प्रचण्डलाई प्रधानमन्त्री केपी ओलीले टेलिफोन गरी बालुवाटारमा छलफलका लागि बोलाएका छन् । विकसित राजनीतिक घटनाक्रम र पार्टी राजनीतिका विषयमा नेकपाका दुई अध्यक्ष बीच छलफल हुन लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केहीबेर पछि दुई अध्यक्षका बीचमा छलफल हुन लागेको हो । प्रधानमन्त्रीले छलफलका लागि बालुवाटारमा बोलाएको प्रचण्डले बताएका छन् ।
विकसित घटनाक्रमका वारेमा छलफल गर्न म अहिले बालुवाटार जादैछु, नेकपाका अध्यक्ष प्रचण्डले भक्तपुरमा ‘नारायणविलाश जोशी स्मृति प्रतिष्ठान’को शिलन्यास गर्दै भने,–‘यो कार्यक्रम थिएन, तर विकसित घटनाक्रमका बारेमा छलफल गर्नुपर्ने भएकोले म अहिले बालुवाटार जादैछु ।’ दुई अध्यक्षका बीचमा सरकारका अबका काम, मन्त्री परिषद हेरफेर र पार्टी एकताका बाँकी काम र एमसीसी कार्यदलको प्रतिवेदनका विषयमा छलफल हुने बताईएको छ ।
नेकपा केन्द्रीय समितिले एमसीसीका विषयमा अध्ययन गर्नका लागि वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा स्थायी समिति सदस्यहरु भीम रावल र प्रदीप ज्ञवाली रहेको कार्यदल बनाएको थियो । १० दिनभित्र प्रतिवेदन तयार पार्न दिएको निर्देशनमा तयार नभएपछि कार्यदललाई फागुन १० सम्मको समय दिईएको थियो ।
कार्यदलले अहिले प्रतिवेदनलाई अन्तिम रुप दिईरहेको छ । कार्यदल सदस्य रहेका परराष्ट्रमन्त्री ज्ञवाली जेनेभा जान लागेका कारण पनि सकभर आजै कार्यदलले आफ्नो प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाउन खोजेका छन् । यसका लागि संयोजक खनालले दुई अध्यक्षको समय माग गरिरहेका छन् ।
यो विषयमा पनि दुई अध्यक्षका बीचमा छलफल हुनसक्ने बताईएको छ । सरकारमा रिक्त रहेका दुई मन्त्रालयका विषयमा पनि छलफलमा दुई अध्यक्षका बीचमा छलफल हुने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ फागुन २०७६, १० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीम रावलले सोधे केपी ओलीलाई पत्रकार सम्मेलनबाटै स्पष्टीकरण
प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरोको संक्रमण भएपछि केही दिन आराम गर्न चिकित्सकको सुझाव
केपी ओलीको शपथ ग्रहणमा गएनन् माधव नेपाल
केपी ओली प्रधानमन्त्रीमा नियुक्त
राष्ट्र अप्ठ्यारोमा परेका बेला दलहरूबीच संवाद र साझा प्रयास आवश्यक हुन्छ : केपी ओली
एमालेलाई ध्वस्त बनाउने प्रयास भइरहेको छ : केपी ओली