काठमाडौँ । संसद्को सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार बसेको समितिको बैठकले समितिको अर्को बैठकले निर्णय नगरेसम्म सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको समितिका सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।
यसै प्रकरणमा ७० करोड घूसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले डील गर्दै गरेको अडियो सार्वजनिक भएपछि समितिले यस्तो निर्देशन दिएको हो । प्रिन्टिङ प्रेस खरिदसम्बन्धमा छलफल गर्न पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै समिति बैठक बसेको थियो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि लेखा समिति सभापतिका स्वकीय सचिव बर्खास्त
सरकारी जग्गा दुरुपयोग रोक्न र कब्जा गर्नेलाई कारबाही गर्न निर्देशन