काठमाडौँ । सार्वजनिक लेखा समितिका सभापति एवम् नेकपा एमालेका नेता ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल कुमार पोखरेलविरुद्ध ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ ।
पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सभापति ऋषिकेश पोखरेलले अनिललाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्कासन गरेका छन् । कानुनलाई सहयोग गर्नको लागी स्वकीय सचिवको जिम्मेवारीबाट हटाएको पोखरेलले भने ।
उनीमाथि लागेका आरोपहरूको अनुसन्धानमा सहयोग पुगोस् भनेर स्वकीय सचिव पदबाट निष्कासन गरेको व्यहोरा सभापति पोखरेलले लेखेको पत्रमा छ । साथै उनले निष्पक्ष छानबिन गरी दोषी उपर कडा कारबाही हुनुपर्ने आफ्नो मान्यता रहेको पनि उल्लेख गरेका छन् ।
सप्तरीका बौआलाल चौधरीले २०७९ सालमा मोरङको रंगेली नगरपालिका २ बस्ने अनिलविरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा हालेका थिए । एमबीबीएसको परीक्षामा नाम निकालिदिने भन्दै अनिलले रकम लिएको आरोप चौधरीको छ । उनीविरुद्धको मुद्दा दर्ता गरी अनुसन्धान गर्न उच्च अदालतले मोरङ प्रहरीलाई परमादेश दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ पुस २०८१, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक लेखा समितिको बैठक आह्वान
संसदको लेखा समितिमा परे १०० बढी उजुरी
सार्वजनिक लेखा समितिको बैठक बस्दै
माओवादीले माग्यो सार्वजनिक लेखा समितिका सभापतिको राजीनामा
सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव पक्राउ
सरकारी जग्गा दुरुपयोग रोक्न र कब्जा गर्नेलाई कारबाही गर्न निर्देशन