नेताको यस्तो ‘भ्यालेन्टाइन डे’

सफल खबर संवाददाता

शुक्रबार, ०२ फागुन २०७६, १२ : ३७
नेताको यस्तो ‘भ्यालेन्टाइन डे’

काठमाडौं । आज फेव्रूअरी १४ भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । यो दिवसका अवसरमा विशेषगरी आपसमा प्रेम साटासाट गरेर मनाउने गरिन्छ ।

भ्यालेन्टाइन डे का दिन आज शुक्रबार नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफ्नी धर्मपत्नीलाई गुलाफ दिएर भ्यालेन्टाइन डे मनाएका छन् ।
गुलाफ दिएको तस्वीर उनका छोरा हरिस गौतमले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् ।

त्यस्तै ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि भ्यालेन्टाइन डे मनाएका छन् । मुख्यमन्त्री पोखरलेलले पनि सामाजिक सञ्जाल फेसबुकमा राख्दै प्रेम जीवनको अभिन्न अंग भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस