भ्यालेन्टाइन डे : थाहा पाउनुस्, कुन रङको गुलावले के अर्थ दिन्छ ?

एजेन्सी

शुक्रबार, ०२ फागुन २०८१, १० : १०
भ्यालेन्टाइन डे : थाहा पाउनुस्, कुन रङको गुलावले के अर्थ दिन्छ ?

एजेन्सी । आज भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस । पश्चिमा देशहरुका युवा युवतीले ठूलै पर्वको रुपमा यो दिवसलाई मनाउँछन् । नेपालमा पनि यो दिवसको उल्लास बढेर गएको छ ।

सामान्यतया प्रणय दिवसको दिनमा आफ्नो प्रेमी वा प्रेमीकालाई गुलावको फूल दिने प्रचलन । कसैलाई मायाको प्रस्ताव गर्नु परेमा पनि गुलावकै फुल दिएर गरिन्छ ।

तर कत्तिको ख्याल गर्नुभएको छ कुन्नी गुलावका रङहरु धेरै हुन्छन् । थाहा पाउनुहोस् कुन रङको गुलावको क

रातो – रातो गुलाव माया अभिव्यक्त गर्ने माध्यम हो । रातो गुलावले सामान्य तया गहिरो अनुभव, माया, चाहाना लगायतलाई जनाउँछ । रातो गुलावले सम्मान र समर्पणको अर्थ पनि जनाउँछ । अत्यन्तै गाढा रातो गुलावले चाहिँ पछुतो र चिन्ता जनाउँछ । धेरै प्रकारका राता गुलावलाई धेरै अर्थ दिइएको छ । राता गुलाव मध्ये १२ थरि राता गुलावले मायाकै अर्थ जनाउँछन् ।

गुलावी रङ – गुलावी रङ पनि धेरै प्रकारका छन् । सामान्यतया गुलावी रङको गुलावको फूल कोमल भावनाहरुको संकेत हो । प्रशंशा, खुसी, अभिभावदन, गहिरो र अनन्त माया पनि यसको अर्थ हो ।

कालो गुलावी – गहिरो गुलावी रङको गुलावको फुलले गहिरो आदार भाव र स्विकार्यता जनाउँछ ।

हल्का गुलावी – हल्का गुलावी रङले माधुर्यता र निर्दोषता जनाउँछ ।

सेतो गुलाव – सेतो गुलावले पवित्रता, निर्दोषता र धार्मिक प्रेम पनि जनाउँछ ।

पहेंलो गुलाव – पहेंलो गुलावले उत्साह जनाउँछ । यसले सुनौला अनुभूतिहरु जनाउँछ । न्यानोपन र स्वागत पनि यसको अर्थ हो ।

सुन्ताला रङको गुलाव – सुन्ताला रङले उग्र ज्वाला जनाउँछ । यसको अर्थ समर्पण र शक्तिको अर्थ पनि दिन्छ । साथै यो रङले गौरवको अर्थ पनि राख्छ ।

बरगंडी रातो – बरगंडी रातोले सुन्दरताको अर्थ दिन्छ ।

हरियो – हरियो रङको गुलावले शुभकामना, भाग्य, आशिर्वाद तथा शुख स्वस्थ्यको अर्थ दिन्छ ।

निलो – निलो प्रकारको रङको गुलावले चामत्कारिकताको अर्थ दिन्छन् । तर यी गुलावहरू पाउन गाह्रो छ ।

निख्खर कालो – निख्खर कालो रङको गुलावले मृत्यु वा विदाईको अर्थ दिन्छन् ।

बैजनी – बैजनी रङको गुलावले सुरक्षा को अर्थ दिन्छ ।

प्रतिक्रिया दिनुहोस