सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सफल खबर संवाददाता

बुधबार, २९ माघ २०७६, ११ : ५७
सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार तोलामा ७५ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै तेजावी सुन तोलामा ७५ हजार ४०० रुपैयाँमा कारोबार भएको छ  । नेपाल सुनचाँदी व्यवसायीका अनुसार बुधबार चाँदीको मूल्य तोलामा ७५ रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलरबा चाँदी ८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस