काठमाडौं । महँगो लगानीमा निर्माण भनिएको फिल्म ‘प्रेमगीत ३’ को हालै छायांकन सकिएको छ । ७० दिनमा फिल्मको सुटिङ प्याकअप भएको निर्माण पक्षले जानकारी दिएको छ तर फिल्मले दर्शकको मन जितेर ७ दिन पनि टिक्छ कि टिक्दैन भन्ने अड्कलबाजी लगाउन थालिएको छ । किनभने यस फिल्मसँगै अन्य दुईवटा फिल्म पनि जुध्ने भएका छन् । चैत २८ गते रिलिज मिति तोकिएको यो फिल्मसँगै अन्य दुई चर्चित नामहरु जोडिन आउँदैछन् । एउटा छ, ‘चपली हाइट ३’ र अर्को गोपीकृष्ण मुभिजको ‘माइकल अधिकारी’ !
‘प्रेमगीत ३’ फिल्मका लागि तीन करोडभन्दा बढी खर्च भएको निर्माता तथा निर्देशक सन्तोष सेनले बताउँदै आएका छन् । अर्को दुईवटा वटा फिल्मसँग जुध्दा अभिनेता प्रदीप खड्कालाई जति पीर कसलाई परेको होला र ? प्रदीप अभिनित फिल्महरु ‘लिलिबिली’ र ‘लभ स्टेसन’ फ्लप भएपछि स्टारडम धरापमा पर्दै गएको छ । फ्लपको ट्याग हटाउन पनि यो फिल्म हिट हुन जरुरी छ । त्यसका लागि उनले कुनै कसर छाडेका छैनन् । चाहे जिममा ज्यान बनाउने कुरा होस् या अभिनयमा निखार ल्याउन गरिएका अनेक काम !
खैर, हामीले त शुभकामना दिने हो क्यार ! आगे दर्शकको मर्जी ! - शुक्रबार साप्ताहिकबाट
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नेपाली चलचित्रलाई व्यावसायिक दृष्टिकोणबाट हेर्नुपर्छः प्रदीप खड्का
सिटिजन्स बैंक टेनिसमा प्रदीप र अभिलाषा च्याम्पियन
अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबीच पुनः सहकार्य
‘एक्टर' मा प्रदीपको जोडी आना