मेरो अधुरो प्रेम

बुधबार, ०२ फागुन २०७४, ११ : ३०
मेरो अधुरो प्रेम

सन्दिप भट्ट

  • सायद तिमी मेरो साथमा भएको भए यो दुनियाँको अगाडि म दाबा गरेर भन्दैछुु ‘मुना मदन’ , ‘रोमियो– जुलेट’ जस्ता नमुना जोडीको नाम लिने समाजले तिमी र मेरो नाम लिने थियो । हो , साँच्चै आज तिमीसँगै भएको भए म कति खुसी हुन्थे होला है ! अझै पनि यो सबैको सामु म भन्दैछु– ‘मेरो नामको फेसबुक एकाउन्ट तिम्रो नामको पासवर्ड नहानी चल्दैन ।’

आजकाृ सुन्दर विहानी सगै मनमा छुट्टै खुसी छ । कारण आज म तिमीलाई मेरो मन भारी बिसाउदै छु । मेरो खुसीहरुको हिस्सा बाड्न खोज्दैछु । गायक अनिल सिहंले गाएको गीतजस्तै ‘मायाको पहिलो सौगात स्वरुप’ तिमीलाई यो पत्र थम्याउन खोज्दैछु । मलाई मायाको पूर्ण परिभापा त थाहा छ र ? र पनि नि आफ्नो जीवनमा देखा परेका तितो यर्थातलाई नै मायाको संज्ञा दिएको छु । रातमा निद्रा नलाग्नु , दिनमा भोक प्यास हराउनु , र हरपल तिम्रै कल्पनामा हराउनु , अनि हरेकपल तिमीसगै भएको महसुस हुनुलाई मैले मायाको पर्यााबाचिक शब्द भन्दै आएको छु । 

तिमीलाई थाहा छैन होला ,जुन जीवन  मैले बाच्दै आएको छु , यो तिमीबिना अपुरो छ , अनि अधुरो पनि । मैले तिमीलाई आजको यो पत्र मार्फत नै मेरो मनमा बर्षै देखि उब्जिएका यथार्थ सुनाउदै छु । बर्षैदेखि खिल गढेर बसेको यो मनलाई आजैबाट हलुको बनाउने प्रयास गर्दैछु । हेक धड्कनसगै धड्किरहनेकी तिमीलाई यो पत्रमार्फत धड्कन बाँड्न आग्रह गर्दछु । थाहा छैन , यो पत्रसँगै दुई मुटु एक भएर धड्काउछ या एकल यात्रीको रुपमा समाजमा परिचित बनाउँछ । तर पनि म यति विश्वस्त छु म कि ‘तिमी पनि म बिना अधुरो छौ ’। मैले कहिलै पनि आटँ नगरको र बर्षैदेखि जरो गढेर बसेको मनको भावनाहरु यो पत्रमार्फत पोख्न खोज्दैछु ।
तिमीलाई कसरी भनुँ खै , मेरो सुन्दर भविष्य तिमीबिना अधुरो छ भनेर । साच्चै यो मायामाा कसरी जालीन पुगे त्यो त मलाई थाहा छैन । तर पनि तिमी मेरो लागि सबथोक बनेर आयौ । कलेजका सुरुवाती दिनहरुमा एक्लै मन पराएको  म बुबुरोको अगाडी तिमीलाई अरुले जिस्काउदा मलाई कति धेरै पोल्थो मलाई , त्यो तिमीले कहिल्यै महशुस गर्न सक्दिनौ । तर पनि म मेरो मायालाई कमजोर नठानी आफ्नो प्रेमलाई निश्चल बनाउने प्रयास गरे । सायद तिम्रा साथीहरुलाई पनि थाहा थिए होला ,मैले तिमीलाई औधी माया गर्छु भन्ने । तर पनि तिमीलाई भन्ने आँट भने कहिल्यै आएन । त्यसैले होला यादहरुको साहारामा म यो जीवन जिउदै छु , जुन जीवन आफैलाई बोझ लाग्न थालेको छ । 
तिमीलाई याद छ की छैन हामीसँगै कलेज पढ्दा साथीहरुले मेरो नामले तिमीलाई जिस्काउँदा तिमी कत्ति लजाउँथ्यौ है सायद मैले त्यति बेलै होला तिम्रो मनमा पनि म प्रति केहि माया रहेछ भनेर मन बुझाएको । विजुली चम्किएसरी मेरो जीवनमा आउका खुसीहरुबलाई त्यति बेलै होला ,मैले पोल्टोमा सम्हाल्न खोजेको । त्ति नै बेला होला फेरि दैबले पनि यसले यति धेरै खुसी सम्हाल्न सक्दैन भनेर नजिक नभई टाढा बनाएको । हाँसोहरु बन्धकी राखेको अरुको अगाडी फिस्स हाँस्दै बाँच्नैपर्ने जिन्दगी बाँचिरहेको छु म । आज धेरै पनि त्यही यादहरुसँगै बहकिएर तिम्रो लागि समय छुट्टाई यो पत्र थम्याउन खोज्दैछु । 
आज तिमी र म धेरै टाढा छौ । र पनि तिमीसँगै भएको अभास हुन्छ । त्सपछिकै दिनहरुबाट हो मैले लक्ष्य लिन छाडेको ।मैले त्यसपछि कहिल्यै पनि लक्ष्य लिईन । बरु सपनाहरु भने देखि रहे । कारण म सपनाहरुको भोगी थिएँ । संसारमा सबै रोगको उपचार पत्ता लगाएको विज्ञानले कसको मुटुमा को सबेको छ भन्ने पत्ता लगाएको भए आज तिम्रो यादको जिन्दगी जिउनुपर्थेन होला मैले । यतिबेला ,म हुन्थे,तिमी हुन्थेउँ ,जहा मायाको कुरा हुन्थ्यो । सायद तिमी मेरो साथमा भएको भए यो दुनियाँको अगाडि म दावबा गरेर भन्दैछुु मुना मदन , रोमियो जुलेट जस्ता नमुना जोडीको नाम लिने समाजले तिमी र मेरो नाम लिने थियो । हो , साँच्चै आज तिमीसँगै भएको भए म कति खुसी हुन्थे होला है अझै पनि यो सबैको सामु म भन्दैछु मेरो नामको फेसबुक एकाउन्ट तिम्रो नामको पासवर्ड नहानी चल्दैन ।’
खै चाहेर नचाहेर जे भएपनि हामीसँगै छैनौ । तिमीलाई त मेरो याद पनि छैन होला । तर म तिम्रो यादमा टड्पिएको छु । यादहरुको पठाउने तिमी अन्तै भएपनि ,यादहरु लिईरहने म अन्तै भएपनि , तिम्रो यादमा म आज पनि बसिरहेको छु ।साँच्चै , यो मनको भाव पोखेर तिमीलाई अतित बल्झाउने मन थिएन तर बिगतका सम्झनाले आजको मेरो प्रणय दिवस गुज्रिएको छ । सुविन भट्टराईले लेखेको किताब समर लव मा भनिए जस्तै रोएर मन हलुको हुने भए यो संसार धेरै अघि नै आँशुको सागरमा डु्बिसक्थ्यो होला । त्यसैले म यो सागरमा डुब्नु छैन । आजको यो विषेश दिनमार्फत तिमीलाई पुन ःएक पटक सम्झदैछु । र, फेरी पनि भन्दैछु –तिमी मेरो भ्यालेन्टाईन बन न है !
 

प्रतिक्रिया दिनुहोस