काठमाडौँ । आइसीसी क्रिकेट वर्ल्ड कप लिग टु अन्तरगत नेपाल र ओमान बीचको खेल शुरु भएको छ । त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदानमा आयोजित एकदिवसीय खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।
एकदिवसीय मान्यता पाइसकेपछि नेपालले पहिलोपटक घरेलु मैदानमा त्रिकोणात्मक सिरिज खेल्दैछ । नेपालले पहिलो खेल कीर्तिपुरमा ओमानसँग खेल्दै सिरिजको शुरुआत गर्दैछ र यसैबाट सन् २०२३ मा हुने विश्वकपको यात्रा पनि नेपालले शुरुवात गरेको छ ।
खेल शुरु भएसंगै अहिले सम्म ओमानले २५ ओभर खेलिसक्दा ५ विकेटको नोक्सानमा ७० रन बनाउन सफल भएको । यता नेपालका तर्फबाट करण केसी र सुसन भारीले २-२ विकेट लिन सफल भएका छन् भने १ व्याट्सम्यान रनआउट भएका छन् ।
प्रतियोगिता हेर्न ग्राउण्डमा क्रिकेट प्रेमी दर्शकको घुईचो छ । पहिलो पटक आयोजना भएको यो प्रतियोगिताबाट क्रिकेट खेलाडी, प्रशिक्षक, क्यान पदाधिकारीसँगै आम नेपाली क्रिकेटप्रेमी यो सिरिजबाट निकै उत्साहित छन् ।
ओमान सन् २०१२ पछि नेपाल खेल्न आएको छ । सन् २०१३ यता नेपालले उसलाई हराउन सकेको छैन । घरेलु मैदानको फाइदा लिँदै ओमानलाई हराउने दाउमा नेपाल रहेको छ । नेपालले शनिबार अर्को टोली अमेरिकासँग खेल्दैछ । अमेरिका सन् २०१० पछि नेपाल आएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ माघ २०७६, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्रे लिस्टबाट निस्कने नेपालको कार्ययोजना स्वीकृत
विश्वकप च्याम्पियन इटालियन गोलकिपर बफोन नेपाल आउने
किर्गिस्तानमाथि नेपालको पहिलो अग्रता
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफलको प्रस्ताव स्वीकृत
नेपाल-कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल
नेपालले नेदरल्यान्ड्सलाई दियो १४६ रनको लक्ष्य