पिताबाट अलग्याएपछि अपाङ्गता भएका छोराको यस्तो हालत !

एजेन्सी

मंगलबार, २१ माघ २०७६, १३ : ००
पिताबाट अलग्याएपछि अपाङ्गता भएका छोराको यस्तो हालत !

काठमाडौँ । चीनमा एक जना अपाङ्गता भएका किशोरलाई उनको पिताबाट अलग्याएपछि ती किशोरको मृत्यु भयो । 

चीनमा कोरोनाभाइरस सङ्क्रमणको आशङ्कामा ती किशोरलाई उसलाई सबैभन्दा बढी माया गर्ने पिताबाट अलग्गै राखियो । माया गर्ने पिताको अभावले ती पक्षघातसमेत भएका अपाङ्गता किशोरको मृत्यु भएको एजेन्सी समाचारले जनाएको छ । 

अपाङ्गता भएका ती १६ वर्षीय किशोर यान चेङको स्याहारसुसार गर्ने अरू कोही भएनन् । माया गर्ने पितासमेत उनले पाएनन् । समयमै पर्याप्त खानासमेत पाएनन् र उनको मृत्यु भयो । 

पिताबाट छुट्याएर एक्लै राखिएका यान चेङलाई एक सातापछि गत बुधवार मृत फेला पारिएको थियो। 

चीनमा ती किशोरको मृत्यु भएपछि दुई अधिकारीलाई पदमुक्त गरिएको छ। 

चीनमा यतिबेला यान चेङको मृत्युबारे सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । उनको परिवार कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु मानिएको हुबे प्रान्तको बासिन्दा हो।


यान चेङबाट मलाई छुट्याइएपछि उनको मृत्यु भएको पिताले बताएका छन् । लोकप्रिय चिनियाँ सामाजिक सञ्जाल वेबोमा सहयोगको याचना गर्दै उनले लेखेका छन्–‘मेरो छोरो यान चेङलाई खानेकुरा र पानीबिना एक्लै छोडिएको थियो, कुनै माया दिइएको थिएन ।

चिनियाँ अधिकारीहरूले पहिला ती किशोरको मृत्युबारे छानबिन हुने घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस