शान्तिवाटिकामा अनशनरत व्यक्तिबारे सांसदको चासो, सहयोगी उपलब्ध गराउन माग

सफल खबर संवाददाता

मंगलबार, २२ जेठ २०८१, १६ : ०८
शान्तिवाटिकामा अनशनरत व्यक्तिबारे सांसदको चासो, सहयोगी उपलब्ध गराउन माग

काठमाडौं। नेपाली कांग्रेसका सांसद पदमबहादुर परियार र नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद अधिकारीले अपाङ्गता भएका व्यक्तिलाई सहयोगी उपलब्ध गराउन माग गरेका छन् ।​राष्ट्रिय सभाको आजको बैठकमा ​उनीहरूले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चितताको माग गर्दै सहयोगी उपलब्ध गराउन माग गरेका हुन् ।

उनीहरूले ​काठमाडौंको शान्तिवाटिकामा ३६ दिनदेखि अनशनरत अपाङ्गता भएका दीपक भण्डारी बिरामी भएर अस्पतालमा भर्ना भएको सदनलाई  जानकारी गराए ।

अपाङ्गता भएका व्यक्तिसम्बन्धी ऐन २०७४ लागू गर्नुपर्ने र तत्काल अपाङ्गता भएका व्यक्तिलाई आवश्यकताका आधारमा सहयोगीको उपलब्ध गराउनुपर्नेमा सांसद परियारले जोड दिए ।

सांसद अधिकारीले सहाराविहीन अपाङ्गता भएका व्यक्तिलाई सहयोगीको व्यवस्था गर्ने नियामावलीलाई यथाशीघ्र लागू गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस