यस्तो रहनेछ आजको मौसम

सफल खबर संवाददाता

शनिबार, १८ माघ २०७६, ०९ : २६
यस्तो रहनेछ आजको मौसम

काठमडौं । आज दिनभर देशका पहाडी भू–भागमा आशिंकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै देशको पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार राति भने पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका एक–दुई स्थानहरूमा हल्का बर्षा र हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
 

प्रतिक्रिया दिनुहोस