नागरिक उड्डयन टुक्र्याउन मन्त्रीपरिषदले दियो अनुमति

पत्रपत्रिकाबाट

शुक्रबार, १७ माघ २०७६, ०७ : १३
नागरिक उड्डयन टुक्र्याउन मन्त्रीपरिषदले दियो अनुमति

काठमाडौँ  ।  सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्न अनुमति दिएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले देशभरका विमानस्थल संचालन गर्दै आएको नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दुइटा निकायमा विभाजन गर्न अनुमती दिएको हो ।

अब नियमनकारी निकाय सिभिल एभिएसन अथोरिटी अफ नेपाल हुने छ भने देशभरका विमानस्थल संचालन गर्ने निकाय नेपाल हवाई सेवा प्राधिकरण हुने छ ।चालू अधिवेशनमा नै पेस हुने नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण स्थापना तथा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदबाट पारित भई ऐन जारी भएपछिमात्र प्राधिकरण औपचारिक रूपमा विभाजन हुने छ।तत्कालीन सरकारले हवाई विभागलाई खुला आकास निति अनुसार, ०५५ पुस १६ गते नेपाल नागरिक उड्डयन प्राधिकरणमा रुपान्तरण गरेको थियो।

तर एक दशकयता अन्तर्राष्ट्रिय नागरिक उड्डयन (आइकाओ), युरोपियन युनियन (ईयू) लगायतका संस्थाले नेपालमा हवाई नियमनकारी र सेवाप्रदायक निकाय एउटैमा रहेकाले अलग्याउनुपर्नेलगायतका सुझाव बारम्बर उठाउदै दबाब दिन थालेपछी सरकारले २२ वर्षपछी फेरी प्राधिकरणलाई दुइटा निकायमा विभाजन गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाका अनुसार, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण स्थापना तथा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न सोमबारको मन्त्रिपरिषद बैठकले स्वीकृती दिएको छ। हाल १ हजार ६५ जना कर्मचारी रहेको प्राधिकरण विभाजन गर्न नहुने भन्दै त्यहाको आधिकारीक ट्रेड युनियन लगायतका संगठनले विरोध गर्दै आएका थिए। तर, उनीहरुले खाईपाइ आएका सेवा सुविधाको ऐनमै ग्यारेन्टी गरिएपछी ट्रेड युनियन पछी हटेको जानकारी प्राधिकरणका महानिर्देशक राजन पोखरेलले दिए।

उनका अनुसार, प्राधिकरणको संचालक समितिले दुईटा निकाय बनाउन तयारी गर्न व्यवस्थापनलाई निर्देशन दिइसकेको छ। ‘बोर्डको निर्देशन अनुसार, कस्तो संरचना बनाउनेबारे प्राधिकरणभित्र गृहकार्य भइसकेको छ,’ महानिर्देशक पोखरेलले भने। उनका अनुसार, अब सेवाप्रदायकमा करिब १२ सय कर्मचारी रहनेछन् भने नियमनकारी निकायमा करिब सय हाराहारी कर्मचारीमात्रै रहनेछन्। युरोपियन युनियनकै सुझावका आधारमा स्वर्गिय पर्यटनमन्त्री रविन्द्र अधिकारीले वर्षौं थाँती रहेको प्राधिकरण टुक्र्याउने कार्यलाई अगाडि बढाएका थिए।

मन्त्री अधिकारीको निधनपछी संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले प्राधिकरण विभाजन गर्न बनाइएका दुईटा विधेयकमा विभिन्न मन्त्रालयको राय लिई मन्त्रीपरिषदमा पेश गरेका थिए। हालै सम्पन्न प्राधिकरणको २१ औं वार्षिकोत्सवमा भट्टराईले अब जस्तोसुकै विरोध भएपनि प्राधिकरणलाई नियमनकारी र सेवाप्रदायी निकायका रुपमा बिभाजन गर्न बनाइएको विधेयक चाडै मन्त्रीपरिषदबाट सदनमा दर्ता गर्न लागेको खुलासा गरेका थिए। कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस