कोरोना भाइरसको खोप बनाउन एक करोड ४४ लाख डलर अनुदान

एजेन्सी

विहीबार, १६ माघ २०७६, १५ : ५५
कोरोना भाइरसको खोप बनाउन एक करोड ४४ लाख डलर अनुदान

हाङझाउ । अलिबाबा समूहका संस्थापक ज्याक माले खोलेको ज्याक मा फाउन्डेसनले कोरोना भाइरसको खोप निर्माणका लागि १ करोड ४४ लाख अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ । 

यो रकम कोरोना भाइरसको खोपको अनुसन्धान र निर्माणमा खर्च गरिने फाउन्डेसनले जनाएको छ । 

फाउन्डेसनका संस्थापक ज्याक मा ले खोप निर्माण गरी ठूलो संख्यामा बितरण गर्नु चुनौतीपूर्ण रहे पनि फाउन्डेसनले मानवीय सहयोग गर्न चाहेको बताउनुभयो । उहाँले आफ्नो फाउन्डेसनले भाइरस विरुद्ध लड्ने किसिमका खोपहरुको निर्माण र वितरणमा थप लगानी बढाउने पनि बताउनुभयो ।

अलिबाबा समूहले कोरोना भाइरससँग जुधिरहेको चीन सरकारलाई चिकित्सा सेवामा सघाउन एक अर्ब चिनिया युयान उपलब्ध गराउने घोषणा गरिसकेको छ ।  (रासस-एएफपी)