काठमाडौं । प्रदेशसभा सदस्य दीपक मनाङे फेरि विवादमा तानिएका छन् । उनले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई हातपात गरेका हुन् ।
पोखरामा मंगलबारदेखि सुरू भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा मनाङबाट आएका खेलाडीको व्यवस्थापनमा ध्यान नदिएको भन्दै उनले हातपात गरेका हुन् । उनले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पनि पनि झापड हान्ने धम्की दिएका छन् । उनले फुटबलको नाममा भ्रष्टाचार भएको र खेलाडीको बिचल्ली बनाइएको पनि आरोप लगाए ।
एन्फा कास्कीले प्रतियोगिताको टाइसिट बनाउँदा एन्फा मनाङका अध्यक्षलाई वास्ता नगरेको र फोन गर्दा समेत नउठाएको बताउँदै उनले प्रतियोगिता देखेर आफूलाई लाज लागेको बताए । मुख्यमन्त्री कप भनेर आयोजना गरेको फुटबल प्रतियोगिता मुख्यमन्त्रीलाई नै थाहा नभएको समेत उनले प्रतिक्रिया दिएका छन् ।
उनले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले प्रहरीमा उजुरी दिन पनि नसक्ने बताए । मनाङे मनाङबाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वा्चित भएका थिए । उनी गुण्डागर्दीको आरोपमा पटक पटक पक्राउ पर्दै छुट्दै आएका व्यक्ति हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ माघ २०७६, २२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता
दिपक मनाङेको मुद्दा हेर्न नमिल्नेमा
दीपक मनाङे डिल्लीबजार कारागार चलान
दीपक मनाङेलाई सीआईबीमा लगियो, आजै अदालतबाट कारागार चलान हुने
गण्डकी प्रदेश सभाका सदस्य दीपक मनाङे पक्राउ