नेपो फर्निसिङको माघ १८ गतेबाट एक्सचेन्ज अफर

सफल खबर संवाददाता

आइतबार, ०५ माघ २०७६, २२ : ३९
नेपो फर्निसिङको माघ १८ गतेबाट एक्सचेन्ज अफर

चितवन । चितवनको नारायणगढ मेनरोडमा रहेको नेपो फर्निसिङ इन्डस्ट्रीजले एक्सचेन्ज अफर ल्याएको छ । कम्पनीले पत्रकार सम्मेलनको आयोजना गरी यो माघ १८ गतेबाट १५ दिनको लागि एक्सचेन्ज अफर ल्याएको हो । 

पत्रकार सम्मेलनमा महाप्रबन्धक सूर्य कँडेलले अफर अन्तर्गत जुनसुकै कम्पनीका पुरानो फर्निचरसँग नयाँ नेपो ब्राण्डका फर्निचर साट्न पाइने बताउनुभयो। उहाँले भन्नुभयो, ‘ग्राहकको माग र सेवालाई मध्यनजर गर्दै १५ दिनको अफर ल्याएका हौँ, फागुन ४ गतेसम्म चल्ने छ ।’
पुरानो फर्निचरको उचित मूल्यांकन गरी नयाँ फर्निचर ग्राहकहरुलाई उपलव्ध गराउने उहाँको भनाइ थियो । 
एक्सचेन्जमा जुनसुकै ब्राण्डका फर्निचर साटेर नेपो ब्राण्डको फर्निचर लान सकिने छ ।  ग्राहकसँग रहेका स्टील र काठका फर्निचरहरुको उचित मूल्याङ्कन गरिने महाप्रबन्धक कँडेलले बताउनुभयो । 

ग्राहकले आफ्नो पुरानो फर्निचरको फोटो खिचेर अथवा अनलाइनबाट मुल्याङकन गराउन सक्नेछन् र तुरन्त नयाँ फर्निचर लान सक्नेछन् । 
‘एक्सचेन्ज मार्फत आउने हरेक सामान हामी गरिब र विपन्न नागरिकलाई दिनेछौँ’ कँडेलले भन्नुभयो । उहाँले सामाजिक उत्तरदायित्व अन्तर्गत अफर कार्यक्रम ल्याएको बताउनुभयो । 
फर्निचर बैंक स्थापना गर्ने योजना रहेको उहाँको भनाइ थियो । 

नेपो फर्निसिङ इन्डस्ट्रीज २०५० सालमा नारायणगढको मेनरोडमा स्थापना भएको हो । ग्राहकको पहिलो रोजाइमा रहेको यस इन्डस्ट्रिजले चितवन, नवलपरासी, धादिङ, हेटौँडालगायतका क्षेत्रमा आफ्नो उत्पादन विक्रीवितरण गर्दै आइरहेको छ । 

नेपो ब्राण्डका उत्पादन गुणस्तरीय, भरपर्दो र बलियो भएका कारण ग्राहकको मन जित्न सफल भएको छ । कम्पनीकी ह्युमन रिसोर्सेज म्यानेजर अन्जु तिवारीले नेपोको फर्निचर होटल, अस्पताल, स्कूल, कलेज, कार्यालय र व्यक्तिको घरमा समेत अत्याधिक प्रयोग हुँदै आएको बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस