वैदेशिक रोजगारीको नाममा शिष्य ठग्ने गुरु

सफल खबर संवाददाता

सोमबार, २८ पुस २०७६, १९ : ४१
वैदेशिक रोजगारीको नाममा शिष्य ठग्ने गुरु

काठमाडौँ । शिष्यलाई गुरुले शिक्षा दिन्छ । गुरु पूज्य हुन्छ र पिता समान मानिन्छ पनि । तर काठमाडौँका एक गुरु भने त्यसरी शिक्षा दिने खालमा परेनन् । शिष्यबाट ठुलो पैसा असुलेर करोडौँको धनी बन्ने सपनामा अल्झिँदा एक गुरु प्रहरीको फन्दामा परेका छन् । 

विभिन्न स्थानहरुमा योग शिविर सञ्चालन गर्दै शिष्य बनाई विश्वासमा पारी रकम ठगेको आरोपमा गुरु पक्राउ परेपछि उक्त रहस्य खुलेको हो । चेकरिपब्लिकमा वर्किङ भिसा आएको छ भनी प्रतिव्यक्ति रु ११ लाख लाग्छ भनी ठगी गरेको आरोपमा महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले आज स्वामी शिवानन्द भन्ने दीपक भण्डारीलाई पक्राउ परेको छ । उनले टिकाराज पाठक, सन्जिवकुमार राई र कृष्णप्रसाद बराललगायतबाट यसरी १८ लाख पैसा ठगेको पाइएको छ ।

यस्तै सृजना घिमिरेलाई भिजिट भिसामा दुबई पठाउनको लागि भन्दै पासपोर्ट र नगद रु ३० हजार लिएर सम्पर्क बिहिन भई फरार भएको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । 
खोजतलास गर्ने क्रममा उनलाई काठमाडौँको सितापाईलाबाट पक्राउ गरी थप अनुसन्धानको लागि महानगरिय प्रहरी परिसर, काठमाडौँ पठाईएको  महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले बताए । 

प्रतिक्रिया दिनुहोस