काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले पृथ्वी जयन्तीका दिन राप्रपाका अध्यक्ष कमल थापालाई ग्रेटर नेपालको नक्सा बुझाएको छ । पृथ्वी जयन्तीका उपलक्ष्यमा राप्रपाले काठमाडौंको पुलिस क्लबमा आयोजना गरेको चियापान तथा भेटघाटका अवसरमा मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल तथा कोषाध्यक्ष नवीना खड्काले अध्यक्ष थापालाई ग्रेटर नेपालको नक्सा बुझाएका हुन् ।
ग्रेटर नेपालको नक्सा बुझ्ने क्रममा अध्यक्ष थापाले नेपालको राष्ट्रवादी आन्दोलनमा ग्रेटर नेपाल अभियानले पुर्याएको योगदानका लागि ग्रेटर नेपालका अभियन्ता नेपाललाई धन्यवाद ज्ञापन गरेका थिए । अभियन्ता नेपालले पृथ्वीनारायण शाहलाई उच्च सम्मान गर्ने राप्रपाले ग्रेटर नेपालको अवधारणा पृथ्वीनारायण शाहको पुन: एकीकरणकै भावनात्मक निरन्तरता भएकाले यसलाई साथ दिन आग्रह गर्दा थापाले पुनर् एकीकरणको भावना प्रशंसनीय रहेको बताएका थिए ।
नक्सा बुझ्दै अध्यक्ष थापाले नक्सामा लिम्पियाधुरा राखिएको छ कि छैन भनी जिज्ञासा राखेपछि अभियन्ता नेपालले आजभन्दा करिब डेढ दशकअगाडिदेखि नै ग्रेटर नेपालको नक्सामा लिम्पियाधुरा समेटिएको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ पुस २०७६, १३ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाबुरामको हतास मानसिकता उदाङ्गो भयो : कमल थापा
पार्टी एकताका लागि राप्रपा अनुदार हुनु आश्चर्यजनक :- कमल थापा
पर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन भन्नेले राजसंस्थाको पक्षमा उभिने हिम्मत गर्नुपर्छ : कमल थापा
राप्रपा नेपाललाई बलियो राष्ट्रवादी शक्ति बनाएरै छाड्छु : कमल थापा
कमजोर भएर पार्टी एकताको प्रस्ताव गरेको होइन : कमल थापा
प्रधानमन्त्री ओली र कमल थापाबिच भेट, के भयो कुराकानी ?