काठमाडौं । सवारी चालक लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग घुस लिने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको ट्राफिक प्रहरी टोलीले सुजुकी ड्राईभिङ स्कुल एकान्तकुनाका सवारी चालक भरत बस्नेतलाई पक्राउ गरेको हो ।
उनले चार पांग्रे सवारी साधनको ट्रायल परिक्षामा पास गराइदिन्छु भनि सेवाग्राहसँग ५ हजार घुस मागेको प्रहरीले जनाएको छ । तनहुँको भानु नगरपालिका ६ मुलपानी घर भइ हाल ललितपुरको कुसुन्ती बस्ने उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागी महानगरीय प्रहरी बृत्त सातदोबाटोमा बुझाइएको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता जीवन कुमार श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
शङ्कास्पद लाइसेन्स परीक्षणमा
सवारी लाइसेन्सको त्रुटि अब प्रदेश कार्यालयबाट सच्याउन पाइने
‘स्मार्ट लाइसेन्स’ सक्कली कि नक्कली जाँच्नै समस्या
एनसेलको लाइसेन्स पाँच वर्षलाई नवीकरण
एकाएक किन रोकियो लाइसेन्सको ट्रायल ?
काठमाडौँ उपत्यकाका चार वटा ट्रायल सेन्टरमा रोकियो लाइसेन्सको ट्रायल