इन्डोनेसिया । इन्डोनेसियाको उत्तरपश्चिमी क्षेत्रमा मङ्गलबार ६.२ म्याग्नीच्युडको भूकम्प आएको छ ।
शक्तिशाली भूकम्प आएपनि कुनै क्षति विवरण प्राप्त भइनसकेको र सुनामी चेतावनीको कुनै सुचना जारी नगरिएको अधिकारीहरुले जनाएका छन ।
अमेरिकी भूगर्भ विभागकाअनुसार सुमात्रादेखि पश्चिमतर्फ पर्ने सिमेउलु टापुमा केन्द्रविन्दु भएर भूकम्प आएको हो ।
इन्डोनेसियाली मौसम तथा भूभौतिक विभागले पनि सुनामीको चेतावनी नरहेको स्पष्ट पारेको समाचारमा जनाइएको छ ।
भूकम्पपछि स्थानीय वासिन्दा त्रसित भएका छन् भने भूकम्पको झट्का महसूस गर्ने वित्तिकै स्थानीयवासी घरबाहिर दौडिएका थिए ।
“हामीले अहिले सामुद्रिक किनाराको अवलोकन गरिरहेका छौँ, सामुिद्रक पानीको चाल कस्तो छ भन्ने हेरिरहेका छौँ,” एक स्थानीयवासीले एएफपी समाचार समितिलाई बताएका छन् । कुनै मानवीय क्षति र भौतिक संरचना क्षतिको विवरण अहिलेसम्म प्रान्त नभएको अधिकारीहरुले जनाएका छन् ।
इन्डोनेसियामा यस्ता भूकम्प, ज्वालामुखी र आँधी बेला बेलामा आइरहने गरेको छ । यसअघि सन् २०१८ मा सुलावेसी टापूमा आएको ७.५ म्याग्नीच्युडको भूकम्प र सुनामीका कारण २२ सय भन्दाबढीको मृत्यु भएको थियो भने, एक हजारभन्दा बढी बेपत्ता भएका घोषणा गरिएको थियो । (रासस/एएफपी)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २२ पुस २०७६, १८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैशाख १२ को भूकम्प: बारपाकमा भोलि सार्वजनिक बिदा
विनाशकारी भूकम्पको संघारमा भारत
चीनमा भूकम्प, काठमाडौँसम्म धक्का महसुस
जाजरकोट भूकम्पमा परी आठ जना घाइते
जाजरकोटमा लगातार दुई पटक भूकम्पको धक्का
म्यान्मारमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या तीन हजारभन्दा बढी पुग्यो