यसकारणले बढ्यो डेबिट कार्डको रकम सीमा

विहीबार, १७ पुस २०७६, १९ : ३५
यसकारणले बढ्यो डेबिट कार्डको रकम सीमा

फाईल फोटो

काठमाडौँ । राष्ट्र बैंकले डेबिट कार्डमार्फत निकाल्न पाइने रकमको सीमा फेरि बढाएको छ । यसअघि चिनियाँ ह्याकरको समूहले विभिन्न बैंकको एटीएम प्रयोग गरी रकम चोरेपछि राष्ट्र बैंकले रकमको सीमा घटाएको थियो ।

राष्ट्र बैंकले एक लाखको सीमा घटाएर ६० हजार बनाएको थियो। यसअघि डेबिडकार्डमार्फत ग्राहकले ६० हजारसम्म मात्रै निकाल्ने मिल्ने व्यवस्था गरेकोमा अहिले फेरि सीमा बढाइएको हो । 

बैंकले बिहीबार एकीकृत निर्देशन जारी गर्दै एटीएममार्फत एक दिनमा डेबिट कार्डमार्फत न्यूनतम ५ सय, प्रतिकारोबार २५ हजारसम्म निकाल्न पाइनेगरी एक दिनमा १ लाखसम्म नगद निकाल्न पाइने व्यवस्था गरेको हो । 

यस्तै अब विद्युतीय माध्यमबाट वालेट मार्फत मासिक ५ लाखसम्म भुक्तानी गर्न पाइने व्यवस्था गरेको छ । यसअघि यस्तो सीमा १ लाखसम्म मात्र थियो । सीसीटीभीमार्फत नै एटीएमको गतिविधि निगरानी गरिने जनाइएको छ ।