काठमाडौँ । सरकारले २२औँ भूकम्प सुरक्षा दिवस भव्यताका साथ मनाउने भएको छ । गृह मन्त्रालयमा आज बसेको २२औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले माघ २ गते भव्यताका साथ उक्त दिवस बनाउने निर्णय गरेको हो । बैठकमा भूकम्प दिवस कार्यक्रम, भूकम्प दिवस मूल समारोह स्थल चयन, मूल समारोहका प्रमुख अतिथिको चयन, उपसमिति गठन, प्रदेश र स्थानीय तहमा दिवस मनाउने पत्राचार गर्ने विषयमा छलफल भएको थियो ।
बैठकमा गृहमन्त्री रामबहादुर थापाले नागरिकको सुरक्षाको जिम्मेवारी राज्यको भएकाले आउने विपद्बाट बच्ने गरी नीति कार्यक्रम बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । “विसं २०७२ को भूकम्पले क्षति पु¥याएको भौतिक संरचनालाई पुनःनिर्माणको कार्यलाई पूर्णता दिन सबै लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।
गृहमन्त्री थापाले नेपाल भूकम्प जोखिमको उच्च क्षेत्र भएकाले भविश्यमा पनि आउने जोखिमलाई ध्यानमा राखेर दिवस मनाउने लक्ष्य र उदेश्यमा स्पष्ट हुनु जरुरी रहेको बताउनुभयो । नागरिकको सुरक्षाका लागि आवश्यक नीति, कार्यक्रम र योजना बनाएर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । उहाँले आगामी दिनमा आउने विपद्बाट जोगिनका लागि आवश्यक नीति र कार्यक्रम बनाएर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १३ पुस २०७६, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङ केन्द्रबिन्दु भएर भूकम्प
दिल्लीमा भूकम्प गएपछि मोदीको अपिल : सतर्क रहनुहोस्
नयाँ दिल्लीमा भूकम्पको धक्का
जुम्लामा लगातार दोस्रो भूकम्प
जुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का
पर्वत केन्द्रबिन्दु भएर भूकम्पको धक्का