अपडेट : कजाकस्तानको विमान दुर्घटनामा मृतकको संख्या १४ पुग्यो

एजेन्सी

शुक्रबार, ११ पुस २०७६, १२ : ०८
अपडेट : कजाकस्तानको विमान दुर्घटनामा मृतकको संख्या १४ पुग्यो

एजेन्सी । कजाकिस्तानमा ९८ यात्रु बोकेको विमान  दुर्घटनाग्रस्त हुँदा १४ जनाको मृत्यु भएको छ । बेक एयरको विमान अल्माटी विमानस्थलबाट उडान भरेको केही बेरमा नै शुक्रबार बिहान दुर्घटनाग्रस्त बनेको थियो ।

दुर्घटना भए लगत्तै उद्धारकर्ताहरु दुर्घटनास्थलमा जुटेका छन् । उद्धारकर्ताहरुका अनुसार अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।  केहीको जिवितै उद्धार पनि गरिएको छ । घटनामा ५ दर्जन बढी घाइते भएका छन् जसमध्ये ९ जना बालबालिका रहेका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

विमान कजाकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीबाट देशको राजधानी नुरसुल्तानका लागि जाँदै थियो । कजाकस्तानको अलमाटीमा यसअघि सन् २०१३ को जनवरीमा पनि विमान दुर्घटना भएको थियो। कोशेताउबाट अलमाटीका लागि उडान भरेको स्क्याट एयरलाइन्सको विमान दुर्घटना हुँदा २० जनाको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस