नेपाल जेसीजमा कसले जित्लान् ?

सफल खबर संवाददाता

मंगलबार, ०८ पुस २०७६, ०८ : ५२
नेपाल जेसीजमा कसले जित्लान् ?

काठमाडौं । नेपाल जेसीज २०२० को नयाँ नेतृत्वका लागि भोलि बुधबारबाट राष्ट्रिय महाधिवशेन शुरु हुदैछ । चितवनको रत्ननगरमा हुने ४६ औं राष्ट्रिय महाधिवशेनबाट नयाँ नेतृत्वका लागि हुने चुनावमा त्रिपक्षिय भिडन्त हुने भएको छ । अध्यक्षका लागि अशोक शंखर, अरुणेश्वर खनाल र सिनेटर विकास मानन्धर चुनावी मैदानमा छन् ।

प्रतिस्पर्धीमध्ये शंखर पथरी जेसीजका संस्थापक अध्यक्ष, खनाल बिसहजारी जेसीजका पूर्व अध्यक्ष र मानन्धर काभ्रे जेसीजका पूर्व अध्यक्ष हुन् । जेसीजको विधान अनुसार प्रत्येक वर्ष अधिवेशन मार्फत यसको नयाँ नेतृत्व चयन हुन्छ । एउटै ब्यक्तीले एकै पदमा दोहोरिन नपाउने यसको विधानको ब्यवस्था छ । जेसिसको नेतृत्व हत्याउन अध्यक्षका प्रत्यासी तिनै जना पूर्व देखि पश्चिमसम्मका सबै प्रतिनिधीका बीचमा आफनो प्रचारमा पुगिसकेका छन् ।

निर्वाचन अगाडी जेसिजमा उम्मेदवारहरुलाई प्रशिक्षण दिने प्रचलन पनि छ । सोही अनुसार, वाककला , नेतृत्व, ब्यक्तित्व लगायतका बिषयमा प्रशिक्षण दिइने गरिन्छ । यो प्रशिक्षणमा सहभागी नहुनेले उम्मेदवार बन्न नपाउने विधान जेसीजको छ । यस अगाडी अध्यक्षका लागि शंखर, खनाल र मानन्धरका अतिरिक्त विनोद सुवेदीले पनि अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका थिए । तर सुवेदीले प्रशिक्षणमा सहभागी नभएका कारण उम्मेदवारी खारेज भएको छ ।

चुनावको पूर्वसन्ध्यामा नेतृत्वका लागि मैदानमा उत्रिएका उम्ेमदवारहरु चुनावी परिणाम आफनो पोल्टामा पार्नका लागि आन्तरिक रणनीति बनाउने र प्रचार प्रसारमा जाने रणनीतिमा जुटेका छन् । त्यस्तै, जेसिसको कार्यकारिणी उपाध्यक्षमा यसपटक शोभा खरेलले उम्मेदवारी दिएकी छिन् ।  

जेसीज सदस्यहरूको नेतृत्व एवं व्यक्तित्व विकासको लागि नेतृत्व विकास कार्यशाला, तालिम एवं सामाजिक सेवा मार्फत निरन्तर सदस्यहरूका माझ रहन रूचाउने, जेसीआई हेटौँडा लेडीको सन् २०१६ को अध्यक्ष, एवं सन् २०१७ को राष्ट्रिय उपाध्यक्ष जेसी शोभा खरेल लाई नेपाल जेसीज बर्ष २०२० को लागि कार्यकारीणी उपाध्यक्ष पदको उम्मेदवारको रूपमा हेटौंडा लेडी जेसीजले प्रस्तुत गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस