बागेश्वरी आध्यात्मिक परिषद योगी नरहरी नाथ प्राकृतिक चिकित्सालयमा बिबाद

सोमबार, ०७ पुस २०७६, २० : ५७
बागेश्वरी आध्यात्मिक परिषद योगी नरहरी नाथ प्राकृतिक चिकित्सालयमा बिबाद

चितवन । बागेश्वरी आध्यात्मिकप परिषदयोगी नरहरी नाथ प्राकृतिक चिकित्सालयमा बिबाद चुलिएको  छ । योगी नरहरी नाथको आश्रम रहेको सो स्थानमा मेडिकल कलेजले छाडेको भवनमा बागेश्वरी आध्यात्मि परिषद योगी नरहरी नाथ आश्रम सन्चालक समितिले त्यहा छुट्टै समिति निमार्ण गरी चिकित्सालय सन्चालनमा ल्याएको छ । 

त्यहाँको  चिकित्सालय सन्चालक समितिले सेवाका नाममा ब्यापार गरी आश्रमका प्रमुख संरक्षक योगी नरहरी नाथको भावना बिपरित काम गरेको भन्दै आश्रममा संरक्षक सहितका समिति सदस्यहरु साधु सन्तले बिरोद्ध जनाएपछि त्यहा प्रहरी परिचालन गरिएको छ । 

गुरुको नाममा चिकित्सालय सन्चालन गर्ने र बिरामी संगबाट धेरै पैसा असुलि ब्यापार गरी कमाई खाने थलोका रुपमा आश्रमलाई बिकास गरिएकाले त्यस्तो काम गर्न नपाउने भन्दै आफुहरुले आवाज उठाएको आश्रमका संरक्षक योगी बेग्र बेधनाथले बताउनु भयो ।

चिकित्सालय सन्चालन गर्ने भए उपचार गर्न आउनेहरुलाई पुर्णयता प्राकृतिक तवरबाट  निसुल्क रुपमा उपचार  गर्नु पर्ने आफुहरुको माग रहेको उहाको भनाई छ । त्यस्तै आश्रम गुरु चेला परम्पराअनुसारनै सन्चालनमा आउनु पर्ने र आश्रमको संरक्षकनै आश्रमको अध्यक्ष हुने ब्यवस्था पनि बिद्यानमा हुनु पर्ने बताउनु हुन्छ । 

बिद्यानले आश्रमको संरक्षकलाई नया  समिति बिधटन गर्ने र नया निमार्ण गर्न सक्ने अधिकार दिएको तर अहिलेको समितिले बिद्यान संसोधनका नाममा बिद्यानमा भएको संरक्षकको अधिकार समेत कटौति गरि आश्रमबाट जोगिको अधिकार पुरै खारेज गरी भोगिहरुको भोगाधिकार रहने गरि ब्यवस्था गर्न लागेकाले आफुहरु त्यसको बिरोद्धमा रहेको उहा बताउनु हुन्छ ।

यता चिकित्सालयका अध्यक्ष शैलेन्द्र पियाले भने आफुहरुको बैठक बसिरहेको स्थानमा नाथहरु आएर समिति खारेज भयो भनेर भनेको र त्यस पछि आफुले लिखित ल्याउनु भनेर भनेपछि केहि भनाभन भएको बताउनु भयो ।  

भनाभन पछि आफुले बैठक स्थगित गरी बाहिर निस्किएको  बताउनु हुन्छ । आफुहरुले असुरक्षाको महसुस गरि घटनाको प्रहरी प्रसासनमा पनि जानकारी गराएको  र पछि प्रहरीसमेत आएकोे भनाई छ । 

प्रतिक्रिया दिनुहोस