धनुषा । धनुषामा एक प्रहरी घुससहित रंगेहात पक्राउ परेका छन् । धनुषाको धारापानीमा कार्यरत प्रहरी नायव निरीक्षक(सई) १५ हजार रुपैया घुससहित रंगेहात पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले धारापानि स्थित प्रहरी चौकी यज्ञभूमीमा कार्यरत सइ कालीचरण पंजियारलाई १५ हजार रुपैया घुससहित पक्राउ गरेको छ ।
दुर्घटनाको मुद्दा मिलाईदिने भन्दै एक स्थानीयसँग घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटेको टोलीले उनलाई शुक्रबार साँझ धनुषाको मिथिला नगरपालिका वडा नम्बर ६ ढल्केवर चोकबाट रंगे हात पक्राउ गरेको हो ।
घुस रकमसहित पक्राउ परेका सई पंजियारलाई आवश्यक कारवाहीको लागि अख्तियार दुरुपायोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय काठमाडौं टंगाल पठाईएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ पुस २०७६, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जालमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ७ जना मुद्दा नचली छुटे
माघ महिनामा तीन हजार बढी फरार प्रतिवादी पक्राउ
कास्कीमा भरुवा बन्दुकसहित एक जना पक्राउ
अवैध सालको काठसहित दुई जना पक्राउ
विवाहको भोजमा युवकको हत्या, ३ जना पक्राउ
बाजुरामा बिहे भोज खान गएका युवकको हत्या, ३ जना पक्राउ