पर्सा । पोखरिया नगरपालिकाका विभिन्न ११ स्थानमा गएराति आगजनी गरिएको छ । मोटरसाइकमा आएका दुई जनाको अज्ञात समूहले नगरपालिकाको वडा नं ४ र ५ का विभिन्न स्थानमा आगजनी गरेका हुन् ।
मोटरसाइकलमा सवार रहेका व्यक्तिले राति घर अगाडि राखिएका परालका कुन्यू र एक पान पसलमा आगजनी गरेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले जानकारी दिनुभयो । उहाँले अज्ञात समूहले वडा नं ४ पोखरियामा रहेको प्रेम रामको पान पसलमा आगजनी गर्दा रु एक लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको बताउनुभयो । आगजनीबाट कुनै मानवीय क्षति नभएको र आगजनीमा संलग्न रहेकाको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०१ पुस २०७६, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनका स्थानीयले रेलमार्ग सर्भे टोलीको गाडीमा गरे आगजनी
विराटनगरमा विद्यार्थीले लगाए योजना आयोगको गाडीमा आगो
अज्ञात समूहद्वारा स्मल हेभन मोडेल स्कुलको बसमा आगजनी