काठमाडौं । प्रदेश ३ को राजधानी हेटौडाबाट नै नया लाइसेन्स लिन पाइने भएको छ। यातायात व्यवस्था सेवा कार्यालय हेटौडाले बुधबार दिउसो देखि नै online application मार्फत दर्ता लिन सुरु गरिसकेको छ।अब देशभरबाट पनि लाइसेन्सको लागि फारम भर्न सकिने र यो प्रक्रिया नियमित हुने प्रदेश ३ यातायात व्यवस्था सेवा कार्यलय हेटौडाका प्रमुख पोषण थापा बताउछन।
यसको लागि कार्यलयको webside www.dotm.gov.np खोली Online form भर्न सकिनेछ। फारम भरिसकेपछी System ले नै उपस्थित हुने मिति तय गर्नेछ । यदि तोकिएको मितिमा निवेदक उपस्थित हुन् नसकेमा उसले १५ दिन सम्म फारम भर्न पाउने छैन। दैनिक करिब ३२५ जनाले फारम भर्न सक्ने प्रमुख थापा बताउछन। उनले फारम टोकन जस्तो रुपमा रहने भएकोले कसैले अगाडी पछाडी गर्ने अवस्था नरहने र आउदो आइतबार देखि जाचको प्रकृया सुरु हुने बताए ।
फारम दस्तुर रु.५००/- , मोटरसाइकलको रु १५००/- र जिप कारको रु २०००/- राजस्व रहेको छ। प्रकृयागत रुपमा सुरुका दिनमा २ हप्तामा लाइसेन्स दिन सकिएपनि पछि चाप हेरी ३ देखि ४ हप्तासम्म लाग्न सक्ने अनुमान गरिएको छ । यातायात कार्यालय बिरगंज अन्तर्गत हेटौडामा यातायात सेवा कार्यलय २०७१ सालमा स्थापना भएको हो । २०७५ माघ ९मा यसलाई स्तरउन्नती गरी प्रदेश ३ कार्यलय बनाइएको भएपनि २०७६ जेष्ठ ८ देखि मात्र लाइसेन्सको नविकरण र प्रतिलिपि दिन थालिएको थियो।
कार्यलय स्थापनाको एक बर्षमा नै भौतिक संरचना देखि सम्पूर्ण आधार मापदण्ड अनुसार तयार गरि छिटो यो सेवा दिन सक्नुमा मुख्यमन्त्री डोरमणि पौडेलको मुख्य भूमिका रहेको पाइन्छ। कार्यालय उद्घाटन समयमा नै उनले छिटो छरितो किसिमले जनतालाई सेवा दिन निर्देशन दिएका थिए। यो सेवाको प्रारम्भबाट बिशेष मकवानपुर र चितवनका सेवाग्राही लाभान्वित हुनेछन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ मंसिर २०७६, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सवारी लाइसेन्सको त्रुटि अब प्रदेश कार्यालयबाट सच्याउन पाइने
‘स्मार्ट लाइसेन्स’ सक्कली कि नक्कली जाँच्नै समस्या
एनसेलको लाइसेन्स पाँच वर्षलाई नवीकरण
एकाएक किन रोकियो लाइसेन्सको ट्रायल ?
काठमाडौँ उपत्यकाका चार वटा ट्रायल सेन्टरमा रोकियो लाइसेन्सको ट्रायल
टुरिस्ट गाइड लाइसेन्स चेकिङमा कडाइ