काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसका आधारमा पुस ४ मा संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरेकी छिन् । हिजो (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन ४ पुसमा बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेपछि त्यसको तयारी भएको हो ।
संविधान अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद बैठक आव्हान र समापन गर्ने ब्यवस्था छ । संसदमा संसदकै महिला कर्मचारीलाई बलात्कार प्रयासमा सभामुख कृष्णबहादुर महरा मुछिएपछि उनी पदमुक्त भएका छन् । महराले अयिभोग लागेपछि राजीनामा दिएका थिए । उनी अहिले अनुसन्धानको क्रममा पूर्पक्षका लागि जेलमा छन् ।
असोज दोश्रो साता देखि संसदमा सभामुख नहँुदा संसदीय कतिपय प्रक्रिया रोकिएका छन् । संसदबाट पारित विधेयक प्रमाणिकरण, संसदीय समितिको अध्ययन तथा भ्रमण, संसद सचिवालयको प्रशासनिक काम रोकिएका छन् ।
उपसभामुख रहेपनि सभामुख रिक्त रहँदा उपसभामुखले गर्ने कामको बारेमा संविधानमा केही उल्लेख नभएकोले संसदीय काम प्रभावित भईरहेको छ । अब बोलाइने संसदको हिउँदे अधिवेशनबाटै नयाँ सभामुख चयन प्रक्रिया संसदले थाल्नेछ । सरकारले यो प्रक्रिया ढिलाई गरिरहेको प्रतिपक्षले आरोप लगाईरहेका बेला सरकारले ४ पुसका लागि संसद अधिवशेन बोलाउने गरी राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
सोमबारको क्याबिनेट बैठकले गरेको निर्णयका आधारमा सिफारिस पत्र राष्ट्रपति कँहा पुगिसकेको छ । सम्भवतः आजै (मंगलबार) बेलुका नभए भोलिसम्ममा राष्ट्रपतिले संसदको हिउँदे अधिवेशन डाँक्ने तयारी भईरहेको छ । सामान्यतयाः संसदको हिउँदे अधिवेशन पुस देखि फागुनसम्म डाँक्ने गरिएको यस अगाडीको परम्परा रहिआएको छ । संसदमा हिउँदे र बर्खे (बजेट) अधिवशेन गरी दुई पटक संसद बैठक वर्षमा बोलाउने प्रचलन रहिआएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ मंसिर २०७६, ०९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदको हिउँदे अधिवेन शुरु, प्रतिनिधिसभामा शीर्ष नेताको सम्बोधन
शुक्रबारदेखि संसद्को हिउँदे अधिवेशन
संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउने सरकारको निर्णय
कोशी प्रदेश सभाको अधिवेशन माघ पहिलो साता
सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य