गाउँपालिकाको नाम परिवर्तन

विहीबार, २५ माघ २०७४, १२ : ५६
गाउँपालिकाको नाम परिवर्तन

लहान । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको पहिलो गाउँसभाले गाउँपालिकाको नाम संशोधन गरी ‘बाबा हरिसिंह देव गाउँपालिका’ नामाकरण गर्ने निर्णय गरेको छ ।

परापूर्वदेखि नै यो क्षेत्र हरिहरसिंह देवको नामले चिनिने भएकाले गाउँसभामार्फत गाउँपालिकाको नाम संशोधन गरी ‘बाबा हरिसिंह देव गाउँपालिका’ नामाकरण गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रामबल्लभ साहले जानकारी दिनुभयो । यस्तै गाउँसभाले आर्थिक वर्ष २०७४/०७५ का लागि रु २६ करोड ४३ लाख ६८ हजार ४८४ बजेट पारित गरेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस