दमौली । चितुवा नियन्त्रणका लागि तनहुँको भानु नगरपालिकाका विभिन्न सामुदायिक वनमा काठका खोर राखिएपछि आज बिहान एउटा चितुवा खोरमा परेर नियन्त्रणमा आएको छ । दिनप्रतिदिन चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि चितुवा नियन्त्रणका लागि वडा नं ३ रिढीपानीस्थित कालिका सामुदायिक वनमा राखिएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो ।
अन्दाजी १० वर्ष र ५० केजी तौल भएको पोथी चितुवा खोरमा परेर नियन्त्रणमा आएको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिनुभयो । उहाँका अनुसार नियन्त्रणमा आएको चितुवालाई सुरक्षित रुपमा चितवन स्थानान्तरण गरिनेछ ।
चितुवा नियन्त्रणका लागि नगरपालिकाका विभिन्न सामुदायिक वनमा काठका खोर निर्माणपछि खोरमा परेर पाँच चितुवा नियन्त्रणमा आएका छन् । दुई भाले र दुई पोथी गरी चार चितुवा नियन्त्रणमा आइसकेका छन् । खोरमा परेका चितुवामध्ये एउटालाई रुपन्देहीको शङ्करनगरस्थित प्राणी उद्यान, दुईलाई चितवन राष्ट्रिय निकुञ्ज र एउटालाई बुटवलस्थित मणिमुकुन्दसेनको मिनी चिडियाखानामा स्थानान्तरण गरिएको थियो ।
चितुवा नियन्त्रणका लागि बनाइएका काठका खोर प्रभावकारी बन्दै गएका डिभिजन वनप्रमुख बरालले जानकारी दिनुभयो । सो नगरपालिकामा बालबालिकामाथि आक्रमण गर्ने पोथी चितुवा हुन सक्ने अनुमान छ । भालेभन्दा पोथी चितुवा नरभक्षी हुने वनका प्राविधिकको भनाइ छ । नगरपालिकाका वडा नं १, २, ३ र ४ का विभिन्न सामुदायिक वनमा चितुवा नियन्त्रणका लागि काठका खोर निर्माण गरेर राखिएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १५ मंसिर २०७६, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास
पाल्पामा मृत भेटियो चितुवा
तनहुँमा आठ वर्षमा चितुवाको आक्रमणबाट १४ बालबालिकाको ज्यान गयो
घरपालुवा जनावर मार्न थालेपछि टिकापुरमा चितुवाको त्रास
कञ्चनपुरमा चितुवाको आक्रमणबाट १ जना घाइते
चितुवा पासोमा परेपछि...