काठमाडौँ । शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाइ धनगढी, कैलालीका इन्जिनियर त्रिलोक जोशी २ लाख ५० हजार घुससहित पक्राउ परेका छन् ।
भवन निर्माण ठेक्का सम्झौताको रनिङ बिल तयार र म्याद थप लगायतका काम गरि दिए बापत सेवाग्राहीसँग घु मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
जोशीलाई घुस लिइसकेको अवस्थामा कार्यकक्षबाट शुक्रबार नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता प्रदीप कोइरालाले शनिबार जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
माओवादीको पदाधिकारी बैठक खुमलटारमा सुरु
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
मापसे गरेर एक जनालाई जिउँदै जलाउन खोज्ने चार युवा पक्राउ
म्याग्दीका जिल्ला समन्वय समिति प्रमुख पक्राउ
हुन्डीको १६ लाख बढी नगदसहित २ जना पक्राउ
युएई पठाइदिन्छु भनी ठगी गर्ने एकजना पक्राउ