विप्लबका समुहका ९ कार्यकर्ता धरानबाट पक्राउ

सफल खबर संवाददाता

मंगलबार, १० मंसिर २०७६, ०९ : ५२
विप्लबका समुहका ९ कार्यकर्ता धरानबाट पक्राउ

काठमाडौं । धरान उपमहानगरपालिकाको १४ मंसिरमा हुन लागेको निर्वाचन बिथोल्ने अभियानमा लागेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका ९ कार्यकर्ता पक्राउ परेका छन् । धरानको निराजन बस्तीबाट सोमबार राती उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट नयाँ प्रेसर कुकुर बम सहित निर्वाचन बिथोल्न आव्हान गरिएको पर्चा, बन्दोबस्तीका सामग्री सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुन्डिराज न्यौपानेले बताए । पक्राउ पर्नेमा संखुवासभाका रमेश भन्ने कुमार ढकाल, सुबाश राई,  दिपेन्द्र राई, प्रबिन राई, उमेश राई, पदम  राई, महेन्द्र राई, उदिप रसाइली, धरानका शन्जेस राई रहेको उनले बताए ।

उनीहरुलाई धरान १५ का वडाअध्यक्ष नरेश इबारामको घरबाट पक्राउ गरिएको हो । उनीहरुको साथवाट नगद रसिद १० थान, मोबाइल, १२ थान सिमकार्ड, दुइथान मोटर साइकल र एकलाख १२ हजार छ सय नगद समेत बरामद गरिएको प्रहरीको भनाइृ छ । उनीहरुलाई मुद्दा चलाउन प्रक्रिया अगाडी बढाइएको पनि न्यौपानेले बताए । 

प्रतिक्रिया दिनुहोस