भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी सवार कार दुर्घटना, एकको मृत्यु

बुधबार, २४ माघ २०७४, १५ : ३२
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी सवार कार दुर्घटना, एकको मृत्यु

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जसोदा बेन सवार कार दुर्घटनामा परेको छ । जसोदा सवार इनोभा कार राजस्थानको चित्तौडगढ जिल्लामा पर्ने चित्तौड–कोटा हाइवेमा दुर्घटनाग्रस्त भएको बीबीसीले जनाएको छ ।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने जसोदाका सुरक्षा गार्ड पनि घाइते भएका छन् । दुर्घटना लगत्तै जसोदा बेनलाई स्वास्थ्य जाँचका अस्पताल पुर्याइएको छ ।  पारसोली प्रहरी चौकीका प्रमुख श्याम सिंहले कार दुर्घटनामा वसन्त भाइ नामक व्यक्तिको मृत्यु भएको र घाइतेहरुको चितौडस्थित अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन् ।
 

प्रतिक्रिया दिनुहोस