दाङ । आसन्न उपनिर्वाचनलाई ध्यानमा राखी दाङको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । निर्वाचन सुरक्षा कार्ययोजना बनाई निर्वाचन सुरक्षाका लागि सबै मतदानस्थलमा सुरक्षा निकाय परिचालन गरिएको छ ।
जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रजिअ गोविन्दप्रसाद रिजालले उपनिर्वाचनका लागि दुई हजार सुरक्षाकर्मी र निर्वाचनका लागि २२ स्थानमा अस्थायी सुरक्षा क्याम्प राखिएको बताए । प्रजिअ रिजानका अनुसार निर्वाचनमा तीन तहको सुरक्षा व्यवस्था गरी पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र अन्तिम घेरामा नेपाली सेनाले सुरक्षा गर्ने व्यवस्था मिलाइएको छ ।
निर्वाचनको अवधिभर उम्मेदवार, उम्मेदवारको घर, प्रचारप्रसारका लागि राखिएका सम्र्पक कार्यालय, प्रचार अभियान तथा पार्टी कार्यालय सबैको प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको पनि प्रजिअ रिजालले जानकारी दिनुभयो ।
सबै मतदानस्थलमा सुरक्षाकर्मीले सवारी साधन प्रयोग गरेर सुरक्षा गस्ती गर्नेछन् । सुरक्षा गस्तीका लागि २६ वटा सवारी साधन प्रयोग गरिनेछ । निर्वाचन हुने क्षेत्र दाङ निर्वाचन क्षेत्र नं ३ को २ र घोराही उपमहानगरपालिका–१६ मा अहिले पनि सुरक्षाकर्मीले गस्तीलाई तीव्र पारेका छन् । निर्वाचनलाई स्वतन्त्र मर्यादित बनाउन र मतदाताहरुलाई ढुक्क भएर मतदान गर्ने वातावरण बनाउनका लागि आफूहरु गम्भीरका साथ लागिपरेको प्रजिअ रिजालको दाबी छ ।
सुरक्षा संवेदनशीलता, भौगोलिक विकटता, यातायात तथा सञ्चारको सुविधा नपुगेका र विगतका चुनावमा घटेका घटनालाई मध्यनजर गरी सुरक्षा संवेदशीलतालाई विश्लेषण गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको छ । प्रजिअ रिजालका अनुसार दाङ निर्वाचन क्षेत्र नं ३ को (२) र घोराही उपमहानगरपालिका वडा नं १६ मा ३४ वटा मतदानस्थल निर्धारण गरिएकामा २६ वटा मतदानस्थल संवेदनशील, छ वटा स्थल अति संवेदनशील र दुईवटा स्थल सामान्य रहेको विश्लेषण गरिएको छ । उपनिर्वाचनका लागि ४ सय बढी कर्मचारी खटिने छन् । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०८ मंसिर २०७६, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपनिर्वाचनले स्थगित भएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु
उपनिर्वाचन २०८१ ले दिएको सन्देश
३७ सीटको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)
उपनिर्वाचनमा सहभागी सबैलाई गृहमन्त्रीले दिए धन्यवाद
कहाँ-कहाँ हुँदैछ उपनिर्वाचन ?
स्थानीय तह उपनिर्वाचनमा मतदान सुरु