चितवन । ट्रकको ठक्करबाट भरतपुरमा एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका २९ दासढुङ्गामा जुगेडीबाट हेटौंडा तर्फ गईरहेको ना ६ ख १८९६ नम्बरको ट्रकले पैदल यात्री एक पुरुषलाई आईतबार बिहान ठक्कर दिएको थियो ।
गम्भीर घाइते अन्दाजी ४५ वर्षिय ती पुरुषको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । मृतकको अहिलेसम्म परिचय खुल्न नसकेको प्रहरी नायब उपरीक्षक एक नारायण कोइरालाले बताए । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ भने मृतकको शव भरतपुर अस्पतालको शवगृहमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ मंसिर २०७६, ०७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल एकआपसमा ठोकिँदा २३ वर्षीय युवकको मृत्यु
मकवानपुरमा भिरबाट लडेर एक युवकको मृत्यु
कुटपिटबाट एकजनाको मृत्यु
आफैं चढेको ट्याक्टरले किचेर गोरखाका १८ वर्षीय युवाको मृत्यु
करेन्ट लागेर १ जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु