बैतडी । मोटरसाइकलको ठक्करबाट शुक्रबार घाइते हुनुभएका एक वृद्धाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा डिलासैनी गाउँपालिका–३ पन्सेराका ६० वर्षीया तुलसी खत्री हुनुहुन्छ । गोकुलेश्वर–गन्ना सडकखण्डको पन्सेरामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएकी खत्रीको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते खत्रीलाई शुरुमा उपचारका लागि दार्चुलाको गोकुलेश्वर अस्पतालमा पठाइएको र त्यसपछि धनगढी रेफर गर्दा त्यहाँ पनि उपचार सम्भव नभएपछि नेपालगञ्ज लान लागिएको थियो । गोकुलेश्वरबाट गन्ना जाँदै गरेको म२प २८२० नंको मोटरसाइकले पैदलयात्री खत्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो ।
मोटरसाइकल चालक बिपिन नाथ फरार छन् । मोटरसाइकल भने प्रहरीको नियन्त्रणमा छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
फिस्लिङ नजिक कार र ट्रक ठोक्किए
तनहुँमा ग्याँस बुलेट पल्टिँदा चालकको मृत्यु
गुल्मीमा ट्याक्टर दुर्घटना : सहचालकको मृत्यु, चालक फरार
भारतमा भएको दुर्घटनामा ५ नेपालीको मृत्यु (नामावलीसहित)
अमेरिकामा अर्को विमान दुर्घटना
पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, २ घाइते