काठमाडौँ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार आगामी दिन देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ ।
आइतबार देशका मध्य र पूर्वी भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागमा आंशिक बदली भई मध्य र पहाडी भू–भागमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
सोमबार देशका मध्य र पूर्वी भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागमा आंशिक बदली भई पूर्वी र मध्य पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव ७ डिग्री सेल्सियसे छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
हुम्लामा बाक्लो हिमपात
मनाङमा पहिलो हिमपात
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात
भारी हिमपातपछि अमेरिकाको ६ राज्यमा आपतकाल घोषणा
हुम्लामा तेस्रो पटक हिमपात, जनजीवन प्रभावित