काठमाडौं । नेकपाका नेता प्रभु साह पुनर्गठित मन्त्रीमंडल प्रति असंतुष्ट बनेका छन् । उनले सामाजिकसंजाल मार्फत आफ्नो असंतुष्टि व्यक्त गरेका छन् ।
सामाजिक संजाल फेसबुकमा आफ्नो विचार पोष्ट गर्दैै पुर्वमन्त्री समेत रहेका साहले कार्यसम्पादनको आधारमा मन्त्रीपरिषद् पुनर्गठन गर्ने भनिएपनि गुटगत, पुर्वाग्रह र लेनदेनको आधारमा गरिएको दाबी गरेका छन् । उनले मन्त्री हटाउदा या राख्दा सामान्य कम्युनिष्ट मुल्यमान्यता पनि नअंगालिएको आरोप लगएका छन् ।
योग्यलाई हटाएर अयोग्यलाई मन्त्री बनाएको भन्दै पार्टी नेतृत्व प्रति कटाक्ष गरेका उनले यस्तो महान कार्यले हामी फेरी एकचोटी लज्जित हुन पुगेको उल्लेख गरेका छन् । मन्त्रीपरिषद पुनर्गठन हुनु अघि सम्म बुधबार दिनभरि नँया मन्त्रीपरिषदमा साह पनि सहभागी हुन सक्ने बजार हल्ला चलेको थियो । धेरैले मधेशबाट प्रतिनिधित्व गरेका मन्त्रीलाई हटाउदा साह पनि मन्त्री हुन सक्ने आंकलन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ मंसिर २०७६, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवहेलना मुद्दामा प्रभु साहविरुद्ध कारण देखाऊ आदेश जारी
प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता
सरकारले अध्यादेशबाटै शासन गर्न थाल्यो : प्रभु साह
मनोमानी करले उधोग, व्यापार धवस्त हुँदैछन् : प्रभु साह
हवाई भाडामा भएको लुटको अन्त्य हुनुपर्छः अध्यक्ष साह
सरकार भ्रष्टाचारी र बिचौलियालाई जोगाउने काममा लागेको देखियो : प्रभु साह