सिरहा । सिरहाको लहानबाट चोरीभएको नेपाल आयलनिगमको तेलबोकेको ट्याङ्कर धनुषामा फेला परेको छ ।
नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट २० किलोलिटर डिजल लिएर विराटनगर जाँदै गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर सिराहाको लहानबाट सोमबार राति १२ बजे चालक र सहचालकलाई नियन्त्रणमा लिएर चोरी गरेको थियो ।
तेल खाली भएको अवस्थामा सो ट्याङ्कर आज बुधबार विहान धनुषाको रमदैया भवाडेमा फेला परेको प्रहरीले जनााएको छ । ट्याङ्करमा कोही नभएको र धेरैवेरदेखि वेवारिसे अवस्थामा रहेको देखिएपछि स्थानीयले प्रहरीलाई खवर गरेको जनाएको छ । यसवारे अझै अनुसन्धान जारी रहेको प्रहरीको भनाई रहेको छ ।
अमलेखगन्ज डिपोबाट ल्याईरहेको डिजेल सहितको ट्याङ्कर लहान हुलाक कार्यालय अगाडी रोकी आराम राखेको अवस्थामा टाटा सुमोमा आएका अपरिचित व्यक्तिहरुको समूहले चालक र सहचालकलाई नियन्त्रणमा लिई ट्याङ्कर लगेको नेपाल ट्याङ्क व्यवसायी महासंघका केन्द्रिय सदस्य रामसगुन यादवले जानकारी दिए ।
विराटनगर ४ का चालक रामदेव यादव र सह–चालक करिव १९ वर्षिय उमेश यादव लाई बर्दिवासको जंगलमा छोडेको उनले जनाए । उनलेभने, ‘चालक र सहचालक भेटिसकिएको छ, प्रहरीले बाँकी अनुसन्धानको काम गरिरहेको छ ।’ प्रहरीले पनि खोजी रहेको र महासंघले पनि खोजीकार्य जारी राखेको यादवले जनाए ।
यता जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख उमाप्रसाद चतुर्वेदीले ट्याङ्कर हराएकोले त्यसको खोजी र अनुसन्धान भईरहेको जनाए । उनले सवैकुरा अहिले नै बताउन सक्ने अवस्था नरहेको भन्दै अनुसन्धान भईरहेको सम्ममात्र भन्न सकिने जनाए ।
ट्याङ्क सिरहा धनगढीमाई नपा ४ का उग्रचण्डि पेट्रोल पम्पका चालक राजेश गुप्ताको रहेको बताईको छ ।
अहिले नेपालको तुलनामा भारतीय बजारमा डिजेल/पेट्रोलको मूल्य बढी भएकाले त्यता लगेर बेच्नेप्रकृया बढेको बन्दै यो पनि त्यसै लगेर बेचेको एक सुत्रले जनाएको छ । उनका अनुसार सिरहाको बडियारपट्टिनाकाहुँदै भारत पुर्याएर तेलवेचेर ट्याङ्कर फर्किरहेको अवस्थामा पोल खुलेकाले घटना गोप्य राखेको जनाएको छ ।
यता ट्याङ्कर व्यसायीहरुले भने ट्याङ्कर भारत नछिरेको भन्दै नेपालमै रहेको दावा गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ मंसिर २०७६, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल आयल निगम रूपन्देहीको प्रादेशिक इन्धन डिपोको डीपीआर अन्तिम चरणमा
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पेट्रोलको मूल्य बढ्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो
नेपाल आयल निगमले माग्यो विभिन्न पदका लागि कर्मचारी (सूचना सहित)
पेट्रोलियम पदार्थको मूल्य घट्यो