बुटवल । रूपन्देहीको रोहिणी खोला किनारमा निर्णाण गर्न लागिएको नेपाल आयल निगमको प्रादेशिक इन्धन डिपोको डिपिआर अन्तिम चरणमा पुगेको छ ।
हाल रूपन्देहीको भलवारीस्थित निगमको इन्धन डिपो स्थानान्तरण तथा क्षमता बिस्तार गर्ने योजनाअनुसार आयल निगमले रूपन्देहीको रोहिणी गाउपालिका र ओमसतिया गाउपालिकाको सीमा पर्ने रोहिणी खोला किनारमा आधुनिक किसिमको नयाँ इन्धन डिपो निर्माण गर्न लागेको हो ।
डिपो निर्माणका लागि पहिलो चरणमा खोला किनारमा तार जालीसहितको पर्खाल लगाउने र जग्गा सम्याउने काम सकिएको आयोजनाका इन्जिनियर अंकित रिमालले जानकारी दिए ।
आयोजनाको डीपीआर काठमाडौँ विश्वविद्यालय अन्तर्गतको काठमाडौँ युनिकन्सल्टले गरिरहेको इन्जिनियर रिमालले बताए । आठ महिना भित्रमा डीपीआर तयार गर्नेगरी काठमाडौँ युनिकन्सल्टसँग सम्झौता भएको र डीपीआर तयार गर्ने कार्य अबको एक महिना भित्रै सकिने पनि उनले जानकारी दिए ।
रूपन्देहीको भलवारीमा रहेको डिपोको स्टोरेज क्षमता कम भएको र हाल घना बस्ती बिस्तार समेत भएकोले निगमले रोहिणीमा अत्याधुनिक सुविधासहितको धेरै क्षमताको नयाँ डिपो निर्माण गर्न लागेको हो ।
करिब ३ अर्ब लागतमा डिपो निर्माण गर्ने अनुमान गरिएको भएपनि डीपीआर तयार भइसकेपछि मात्रै कुल लागत र डिजाइन यकिन हुने आयोजनाले जनाएको छ । -न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ फागुन २०८१, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पेट्रोलको मूल्य बढ्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो
नेपाल आयल निगमले माग्यो विभिन्न पदका लागि कर्मचारी (सूचना सहित)
पेट्रोलियम पदार्थको मूल्य घट्यो
घट्यो पेट्रोल र डिजेलको मूल्य