खस्यौली । पत्रकारको पेशागत सुरक्षाका विषयमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । आज बुटवलमा चाँदनी नेपाल र फ्रिडम फोरमले आयोजना गरेको पत्रकारको सुरक्षा र दण्डहीनता विषय गोष्ठीमा उहाँहरुले पत्रकारसँग जोडिएका विषयले समाजलाई प्रभावित बनाउने बताउनुभयो ।
सो अवसरमा प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले पत्रकारको पेशागत सुरक्षाको प्रश्न आन्तरिक कलह हुन सक्ने उल्लेख गर्दै पत्रकारलाई पत्रकार भएका कारण हस्तक्षेप गर्नु गम्भीर विषय भएको बताउनुभयो । नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले पत्रकार असुरक्षित हुनु भनेको अभिव्यक्ति स्वतन्त्रतामाथिको कुठाराघात भएको औँल्याउँदै कानूनी हिसाबले पनि असुरक्षाको महसुस हुन थालेको उल्लेख गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घ रुपन्देहीका पूर्वअध्यक्ष बालकृष्ण चापागाईले पत्रकारको सुरक्षा गम्भीर भएको बताउनुभयो । महासङ्घका पूर्वअध्यक्ष धमेन्द्र झाले पत्रकारको पेशागत सुरक्षा राज्यको दायित्व भएको उल्लेख गर्दै राज्यका सबै निकायको सहकार्यबाट समृद्धि हासिल हुनेमा जोड दिनुभयो ।
महासङ्घ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले ‘सेल्फ सेन्सरसिप’ को प्रश्न चुनौतीपूर्ण भएको बताउनुभयो । उक्त अवसरमा पत्रकार माधव नेपाल, सुमन अधिकारी, विष्णु भुसाल, भवानीप्रसाद पाण्डे, माया गौतम, अधिवक्ता महेन्द्र पाण्डेयलगायतले पेशागत सुरक्षा नभएकाले पनि दण्डहीनता बढ्दै गएको बताउनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
पत्रकार महासंघको निर्वाचनमा धाँधलीको दाबी
देशभरका पत्रकार चुनावमा व्यस्त
पत्रकार महासंघको निर्वाचन असार २२ मा
नेपाल पत्रकार महासङ्घले आज ६९ औँ स्थापना दिवस मनाउँदै
प्रजातन्त्र दिवसमा पत्रकारहरूलाई निषेध गरेको भन्दै क्यामरा डाउन
पत्रकारले मर्यादित तथा उत्तरदायी भएर कलम चलाऔँ : अध्यक्ष बस्नेत