काठमाडौं । विप्लब समुहले स्थानान्तरण गर्न तयारी अवस्थामा राखेका सुटकेश भित्र लुकाएर राखेको हातहतियार तथा गोलीगट्ठा प्रहरीले बरामद गरेको छ ।
विशेष सुचनाको आधारमा खटिएको दांग र कपिलवस्तुको प्रहरी टोलीले गोठ भित्र लुकाई राखेको अवस्थामा ५ थान एसएमजी राईफल, त्यसमा लाग्ने १३ थान म्याग्जिन तथा ३ सय ९० राउण्ड गोली शुक्रबार बरामद गरेको हो । प्रहरीका अनुसार दाङको गढवा गाँउपालिका र कपिलवस्तुको शिवनगर नगरपालिकाको सिमानामा रहेका बेवारिसे ३, ४ वटा गोठ मध्ये एउटा गोठबाट उत्त हतियार बेवारिसे सुटकेश भित्र रहेको अवस्थामा फेला परेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोद विक्रम शाहका अनुसार उक्त हतियार तथा गोलीगट्ठा कपिलवस्तु तर्फको शिवनगर नगरपालिका १ तर्फको खाली गोठमा स्थानान्तरण गर्न नसकि पात पतिङगर र झारपातले छोपेको अवस्थामा फेला परेको हो । शाहले उक्त हातहातियार र गोली गट्ठा के कुन प्रयोजनको लागि कहां लिएर जान थालिएको भन्ने विषयमा अनुसन्धान भईरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
इजाजतपत्र नभएका हतियार वैशाख मसान्तभित्र बुझाउन प्रशासनको उर्दी, नबुझाए जफत गरिने