अन्तरिक्षमा स्याटेलाइट राख्न विवाददेखि सेनाको सक्रियतासम्म

पत्रपत्रिकाबाट

शनिबार, ३० कार्तिक २०७६, ०८ : ३५
अन्तरिक्षमा स्याटेलाइट राख्न विवाददेखि सेनाको सक्रियतासम्म

काठमाडौं । कान्तिपुर दैनिकले शनिबार पहिलो पेजमा विभिन्न समाचारलाई समेटेको छ । बालयौन दुराचारीको दृष्टि नेपालमा परेको, सेना पनि सीमा अनुगमनमा, स्याटेलाइट राख्न लाओसको छेकबारलगायतका समाचारलाई पत्रिकाले पहिलो पृष्ठमा छापेको छ । 

अन्तरिक्षमा स्याटेलाइट राख्ने स्थानलाई लिएर नेपाल र लाओसबीच विवाद सुरु भएको छ । नेपालले स्याटेलाइट राख्न लागेको स्थानले आफूलाई असर गर्ने भन्दै लाओसले अन्तर्राष्ट्रिय टेलिकम युनियन ९आईटीयू० मा पत्र पठाएपछि विवाद सतहमा आएको हो । पहिलो पटक नेपालले आफ्नै सञ्चार स्याटेलाइट अन्तरिक्षमा पठाउने तयारी गरिरहेको छ ।

यस्तै पश्चिमा मुलुकका बालयौन दुराचारीहरुले नेपालमा जथाभावी खुलेका बालगृह, कमजोर कानुन र न्यायिक प्रणालीको फाइदा उठाउने गरेको देखिन्छ । पछिल्ला दुई–तीन वर्षभित्र पक्राउ परेकाहरुमाथिको अनुसन्धानले यसको पुष्टि गर्ने भन्दै कान्तिपुरले बालयौन दुराचारीको दृष्टि नेपालतिर शीर्षकमा समाचार छापेको छ ।

यसैगरी नेपाली सेनाले सर्भे तथा सीमा अनुगमन निर्देशनालय नामको नयाँ इकाई खडा गर्ने भएको छ । छिमेकी मुलुकबाट राष्ट्रको सिमाना मिचिँदै जाने, सीमाका पिलरहरू हराउने र संरक्षण नहुने तथा समग्र सीमा सुरक्षामा कमजोरी देखिन थालेपछि सेनाले विशेष ध्यान दिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस