सुमार्गीको रकम नरोक्न सर्वोच्चको अन्तरिम आदेश

मंगलबार, २३ माघ २०७४, १८ : ०३
सुमार्गीको रकम नरोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । व्यापारी अजेयराज सुमार्गीको विदेशबाट ल्याउन लागेको ४ अर्ब रुपैयाँ रोक्ने राष्ट्र बैकको निर्णयविरुद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

आइतबार सुमार्गीले सञ्चालन गरेको नेपाल स्याटेलाइट, टेलिकम प्रालिका कर्मचारी सुवाचन्द्र पौडेलले राष्ट्रबैकलाई विपक्षी बनाएर रिट निवेदन दिएका थिए ।

मंगलबार न्यायाधीश तेजबहादुर केसीको इजलासले रकम विदेश लैजान नपाउने र सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा असर नपर्ने गरी निवेदकले चाहेको बेला रकम निकाल्न दिन अन्तरिम आदेश दिएको छ ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले तत्कालका लागि सुमार्गीलाई उक्त रकम उपयोग गर्न दिनु भनेर राष्ट्र बैंकलाई अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चमा मंगलबार दुवै पक्षका वकिलहरुले गरेको बहसपछि यस्तो फैसला आएको हो । फैसलामा बैदेशिक लगानीका लागि आउने रकम रोकिरहन उपयुक्त नभएको भनिएको छ ।

प्रतिक्रिया दिनुहोस